तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
सारांश
- मेलम्ची।
- नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ।
- गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो।
मेलम्ची। नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो। कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ। अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया