मतपेटिका मुसाले काट्ने चिन्ता , जोगाउन मुसालाई पासो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
५४ पटक हेरिएको
Shares
मतपेटिका मुसाले काट्ने चिन्ता , जोगाउन मुसालाई पासो !

सारांश

  • काठमाडौं १९ मंसिर ।
  • सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ ।
  • पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ ।

काठमाडौं १९ मंसिर ।
सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् ।

मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरनसहितको ताला लगाइएको छ । ताला झुन्डिएको गेटमा प्रहरीले पहरासमेत दिइरहेका छन् । मंसिर १३ मा जिल्लाका एक सय ६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् ।

मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’ मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ । जहाँ मुसाको खतरा छ ।

मतपेटिका भन्डारणपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी मुसाबाट यसलाई कसरी जोगाउने भन्ने चिन्तामा थिए । उनको चिन्तापछि पासोको उपाय निकालिएको थियो । पासो थापे पनि कोठामा हेर्न नमिल्ने भएकाले मतपेटिका सुरक्षित भए÷नभएको यकिन गर्न सम्भव नभएको कार्यालयले जनाएको छ । लामो समय मतपेटिका जोगाएर राख्न सुरक्षा चुनौती हुने गरेको छ । जिल्लामा एक लाख २७ हजार ६ सय २९ मतदाता रहेकोमा ७० हजार सात सय ७६ मत खसेको छ । बाहिरी सुरक्षा व्यवस्था कडा रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयाल बताउँछन् ।

उम्मेदवार उठाएका प्रत्येक दलले २४ जनासम्म हेरालु आलोपालो पठाउने गरी मतपेटिका राखिएको परिसरमा प्रवेशाज्ञा लिएका छन् । एक दलबाट दिनमा प्रत्येक दुई घन्टामा दुई जनाका दरले हेरालु पठाइरहेका छन् भने रातको समयमा ६ जनासम्म पठाइरहेका छन् ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले अलग-अलग टेन्ट राखेर हेरालु राखेका छन् । मंसिर २१ को चुनाव सकिएलगतै मतगणना सुरु गर्ने तयारीमा निर्वाचन आयोग छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dilkumar Rai

    Namachine pingko say jhadkha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनबाट रोक्ने बाम गठबन्धनको प्रस्ताव
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
देउवा पौडेल लडाई, वार कि पारतर्फ
देउवा पौडेल लडाई, वार कि पारतर्फ
ज्ञानेन्द्र मल्लकाे लिस्ट ‘ए’मा १ हजार रन पूरा(LIVE)
ज्ञानेन्द्र मल्लकाे लिस्ट ‘ए’मा १ हजार रन पूरा(LIVE)
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैनः अर्थ मन्त्रालय
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
कानुनी मन्त्रीमा गोविन्द बन्दी
कानुनी मन्त्रीमा गोविन्द बन्दी
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
पाकिस्तान निर्वाचनः यसपटक २८ प्रतिशत बढी खर्चिलो, १ हजार करोड खर्च भएको अनुमान
फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास