तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
तीनै पार्टीमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन्, तीनजनाको मनोमानी

सारांश

  • काठमाडौं : प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ।
  • पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्।
  • आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्।

काठमाडौं : प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्।

वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय क्षमतामा अन्य नेताको भूमिका करिब ‘शून्य’ कै स्थितिमा पुगेको पूर्वमन्त्री तथा एमाले नेता राधाकृष्ण मैनाली बताउँछन्। पार्टीभित्र अध्यक्ष/सभापति शक्तिशाली भएकै कारण अहिले तीनवटै पार्टीमा आन्तरिक प्रजातन्त्र कमजोर अवस्थामा रहेको उनको विश्लेषण छ।

‘कांग्रेस, एमाले र माओवादीमा मूल नेतृत्व शक्तिशाली भएका कारण आन्तरिक जनवाद छँदै छैन भन्दा पनि हुन्छ,’ मैनालीले अन्नपूर्णसँग भने, ‘जसरी मूल नेता पार्टीभित्र बलिया देखिएका छन्, त्यही आधारमा गुणद्रष्टा भएर पार्टी चलाए राम्रो हुन्छ, नत्र पार्टीलाई समस्यामा लैजान सक्छ।’

एमाले अध्यक्ष ओली अहिले प्रधानमन्त्री छन्। उनी पार्टीको निर्वाचित अध्यक्ष हुन्। विधानतः पनि उनको अधिकार कटौती गर्नेदेखि हटाउनेसम्मको अधिकार दुईतिहाइ बहुमतले पनि राख्दैन। ‘पदीय हिसाबले पनि ओली पार्टीमा बलिया छन्। पदाधिकारी, केन्द्रीय समिति र आफ्नै पदका हिसाबले पनि उनी सर्वशक्तिमान छन्,’ मैनाली भन्छन्, ‘कांग्रेसमा एक जमानामा गिरिजाप्रसाद कोइरालालाई हटाउन महाधिवेशन नै चाहिन्थ्यो, अहिले एमालेमा ओली त्यही अवस्थामा छन्।’

कांग्रेसमा सभापति शेरबहादुर देउवाको अवस्था त्यस्तै छ। उनी पनि पार्टीमा शक्तिशाली छन्। देशभित्रको राजनीतिमा देउवा कमजोर देखिए पनि पार्टीभित्रको राजनीतिमा शक्तिशाली दरिएको संसदीय चुनावदेखि जारी केन्द्रीय समिति बैठकमा भइरहेका बहसले देखाएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। संसदीय दलका ६३ सांसदमध्ये देउवाले ४४ मत ल्याएर जितेबाट पनि पार्टीमा उनलाई चुनौती दिने नेता देखिएका छैनन्।

माओवादीमा त झन् अध्यक्ष पुष्पकमल दाहालका अगाडि प्रतिपक्षी नै छैनन्। ‘माओवादीमा प्रतिपक्षी बेन्च नै छैन, कसैले पनि दाहालको निर्णयलाई चुनौती दिन सक्ने ल्याकत राख्दैनन्,’ पिटर भन्छन्, ‘प्रतिपक्षी भूमिका निर्वाह गर्ने नेताको पनि अभाव नै छ। नारायणकाजी श्रेष्ठलाई त्यो भूमिका खेल्न सक्छन् कि भन्ने आस माओवादीका नेता–कार्यकर्ताले गरेका थिए तर उनले पनि त्यस्तो भूमिका निर्वाह गर्न सकेनन्।’

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gb Chettri

    अनि अरुत सबै धोती छेरुवा धोती मुतुवा बुरिको पेटिकिट्को पगरी गुत्ने छन केगर्नेत।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमा अग्नि सापकाेटा पक्का!
सभामुखमा अग्नि सापकाेटा पक्का!
यमनलाई हराउने नेपालको लक्ष्य
यमनलाई हराउने नेपालको लक्ष्य
जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार
जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
टिपर र मोटरसाइकल ठोक्किँदा मृत्यु
नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र
नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र
कांग्रेसमा ‘टिकट छानबिन’ माग
कांग्रेसमा ‘टिकट छानबिन’ माग
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी