तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन ः सञ्चारमन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ ।
  • नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २१औँ वार्षिक स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेर तेस्रो चरण हुन थालेको छ भन्दै प्रदेश र सङ्घको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन आउने बताउनुभयो ।

काठमाडौँ, १३ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २१औँ वार्षिक स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेर तेस्रो चरण हुन थालेको छ भन्दै प्रदेश र सङ्घको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन आउने बताउनुभयो । उहाँले संविधान गतिशील भएकाले आवश्यकअनुसार संशोधन हुनेमा पनि जोड दिनुभयो ।

“संविधानमा केही त्रुटि रहेकाले आवश्यकताअनुसार संशोधन गर्दै जाने हो”, मन्त्री बस्नेतले भन्नुभयो, “संविधान कार्यान्वयन भएपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने छ ।” शिक्षा व्यापारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा आयात र व्यापारमा निर्यात गर्नुपर्छ भन्नुभयो ।
मन्त्री बस्नेतले विदेशिएका विद्यार्थी नेपाल फर्काउन सके नेपालको भविष्य सुन्दर हुने सुझाव दिनुभयो ।

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चेम्बर अफ कमर्शका उपाध्याक्ष ज्ञानेन्द्ररत्न तुलाधार, नेपाल अभिभावक सङ्घका अध्यक्ष केशव पुरी, इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विदेशमा अध्ययन गरेका नेपाली जनशक्तिलाई नेपालमै आएर काम काम गर्ने वातावराण तयार पार्नुपर्ने धारणा व्यक्त गर्नुभयोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?