प्रमुख प्रतिपक्षको विरोध र होहल्लाबीच चिकित्सा शिक्षा विधेयक पारित
सारांश
- काठमाडौं।
- सरकारले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चर्को विरोध र अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ।
- शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्ष दलको विरोधकाबीच उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्।
काठमाडौं।सरकारले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको चर्को विरोध र अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्ष दलको विरोधकाबीच उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन्।
उक्त विधेयक बहुमतको आधारमा पारित भएको हो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेताको नाममा स्थापना भएका दुई वटा अस्पताल खारेज गर्न लागेको भन्दै संसद बैठक अवरुद्ध पारेको थियो। कांग्रेसको अवरोधकाबीच सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई उक्त विधेयक संसदमा प्रस्तुत गर्न समय दिएका थिए।
मन्त्री पोखरेललाई रोष्टममा जान नदिन प्रमुख प्रतिपक्षले अवरोधको प्रयास गरेका थिए। तर विरोधकाबीच मन्त्री पोखरेलले उक्त विधेयक संसदमा प्रस्तुत गरेका थिए। पछि प्रतिपक्षको होहल्लाबीच उक्त विधेयक बहुमते पारित भयो।
यसैबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेसका सांसद आफ्नो आशनबाट उभिएका थिए। सभामुख कृष्णबहादुर महराले आफ्नो आशनमा बस्न आग्रह प्रमुख प्रतिपक्षले अवरोध जारी राखे। त्यसपछि सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए।
सांसद भुसालले आफ्ना नेताको नाममा स्थापना भएका दुई अस्पताललाई केन्द्र सरकार मातहतमा नराख्ने निर्णय गरेको भन्दै आपत्ति जनाइन्। सरकारले ती दुई अस्पताललाई विघटन गर्न सरकारले कदम चालेको भन्दै उक्त निर्णय नसच्याएसम्म संसद सुचारु हुन नसक्ने बताइन्।
लगत्तै प्रमुख प्रतिपक्ष दलका सांसद आफ्नो आशनबाट उठेर विरोध जनाए। सभामुखले बारम्बार आफ्नो आशनमा बस्न आग्रह गर्दा गरेपनि प्रमुख प्रतिपक्षको विरोध कायमै रह्यो।
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूचि छ। सभामुखले प्रमुख प्रतिपक्षको विरोधकाबीच संसदको कारवाही अगाडि बढाउन खोजेपछि प्रमुख प्रतिपक्ष दलका सांसद रोष्टम घेर्न पुगेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया