तीन वर्षदेखि फरार चालिसे जेल चलान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
तीन वर्षदेखि फरार चालिसे जेल चलान

सारांश

  • काठमाडौँ, ८ असार – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरी जेल चलान गरेको छ ।
  • तीन वर्षअघि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत थिए ।
  • विभागमा रहँदा उनले २०७१ साल साउनमा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिँदा रंगेहात पक्राउ परेका थिए ।

काठमाडौँ, ८ असार – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरी जेल चलान गरेको छ ।

तीन वर्षअघि उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान अधिकृत थिए । विभागमा रहँदा उनले २०७१ साल साउनमा सम्पत्ति शुद्धीकरणको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिँदा रंगेहात पक्राउ परेका थिए । चालिसेले १० लाख रुपियाँ लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

 फरार अवस्थामा रहेका धादिङ घर भई हाल कामनपा–१४ कंलकी बस्ने चालिसेलाई बिहीबार पक्राउ गरी जेल चलान गरेको हो । विशेष अदालतले २०७४ चैत २० मा मुद्दाको फैसलाअनुसार १ वर्ष छ महिना कैद र रु १० लाख जरिवाना हुने ठहर गरेको थियो ।

चालिसेलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prakash Babu

    धेरै राम्राे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?