भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
सारांश
- उदयपुर ११ भदौ.
- गाईघाट-दिक्तेल सडक योजना अन्तर्गत सडक निर्माणका लागि सरकारले गाईघाट नगरक्षेत्रको सडक भत्काएपछि अहिले गाईघाट बजार को व्यापार प्रभावित भएको छ।
- प्रमुख व्यापारिक केन्द्र बसपार्क देखि मेनचोक सम्मको सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यापारी मारमा परेका छन्।
उदयपुर ११ भदौ. गाईघाट-दिक्तेल सडक योजना अन्तर्गत सडक निर्माणका लागि सरकारले गाईघाट नगरक्षेत्रको सडक भत्काएपछि अहिले गाईघाट बजार को व्यापार प्रभावित भएको छ। प्रमुख व्यापारिक केन्द्र बसपार्क देखि मेनचोक सम्मको सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यापारी मारमा परेका छन्।भत्काइएका सडक समयमै नबन्दा उदयपुर सदरमुकाम का व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य छन् ।
सडक निर्माणका क्रममा व्यापार सञ्चालन हुँदै आएका घरको अगाडी नाला बनाउनको लागि निर्माणको काम गर्दा धेरै ठाउँमा पक्की सडक भत्काइएको छ, जसले गर्दा ती ठाउँमा खाल्डा छन् । पानी परेको बेला ती खाल्डाले झन् जोखिम बढाउँँछन् । खाल्डो बनायको र लामो समय बितिसक्दा पनि ठेकेदार ले सडक निर्माण पूरा गर्न नसकेको कारण यस क्षेत्रको व्यापार व्यवसाय करीब छ महिनादेखि ठप्प हुँदा बैंकको ऋण सम्म तिर्न समस्या परेको व्यवसायीको भनाइ छ।
मेडिकल पसलका सञ्चालक अशोक ठाकुर ले निर्माणमा भइरहेको ढिलाइका कारण आफूजस्ता मध्यम वर्गीय व्यापारी बढी मर्कामा परेको बताए। ‘व्यापार नभए पनि घरभाडा र बैंकको कर्जा बुझाउनै पर्छ, तर गाईघाट दिक्तेल सडक योजना र ठेकेदारले व्यापारीको मर्का बुझ्न सकेका छोईनन।
पसल अगाडी भत्काइएपछि र ठुला खाल्डा खुल्डी भयपछी पसल अगाडी सवारीसाधन समेत आउन नसक्ने भएकाले मोटरसाइकल ग्यारेज को पसल गर्दै आयका बाबुराम शाह ले भने पसल अगाडी ३-३ मिटर को खाल्टो छ अब पसल अगाडी मोटरसाइकल नै ल्याउन सक्दैनन्,अनि हामीले कसरि काम गर्ने?स्थानीय व्यवसायीका अनुसार मिठाइ पसल, कस्मेटिक डिलर, सुनचाँदी गलाउने व्यवसायी, हार्डवेयर सञ्चालक र मेडिकल सञ्चालन गर्दै आएका व्यवसायीको व्यवसाय धेरै मारमा परेको राम बीक ले बताए।

त्यसैले तत्काल समस्या समाधान नगरे आर्थिक मन्दी बढ्ने हुँदा बजार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर निर्माणमा तीव्रता दिनुपर्छ’। सडक निर्माण नभएकै कारण व्यापार/व्यवसाय करीव तीन महिनादेखि ठप्प नै रहेको र अब चाडबाड को समयमा व्यापार गर्ने गारो परेको कपडा पसले डीएन चौधरी ले बताए ।
व्यापारीलाई अहिले झनै सकस भएकाले तिनकोे पीडा बुझेर छिटो सडक निर्माण सक्नुपर्ने र वर्षाको समय भएकाले सडक निमार्णमा ढिलाइ भइरहेको बताउँदै ठेकेदार कम्पनी का प्रोपाइटर प्रदिप कार्की ले सरकार ले गीटी,वालु,ढुंगा हरु खोलाबाट उठाउन नदिदा काम रोक्नु परेको बताए शहरको मुख्य सडकमा खानेपानीको पाइप, टेलिफोनलगायतका तार समेत सँगै ओछ्याउनु पर्ने भएकाले काममा ढिलाइ भएको बताए ।तर उनले भने सबैभन्दा पहिला सरकार ले गिटी,बालुवा खुलाउनु पर्ने र गिटी बालु खुलेमा आफूलाई काम गर्ने कुनै कठिनाइ नरहेको प्रतिक्रिया गरे ।
हाल गाईघाट को बसपार्क देखि मेनचोक सम्म को सडक निर्माणको काम गर्दा धेरै ठाउँमा पक्की सडक भत्काइएको छ, जसले गर्दा ती ठाउँमा सवारीसाधन देखि मान्छे सम्म हिड्न गारो रहेको छ।सो काम ९ करोड को हाराहारीमा टेन्डर प्रकिया बाट सुर्य निर्माण सेबा ले पारेर काम गरेको हो,काम गर्दा गर्दै स्थानिय सरकार ले ढुंगा,गिटी,बालु खोला बाट उठाउन बन्द गरेपछि सो निर्माण कार्य पनि बन्द भयको हो ।
प्रतिक्रिया