त्रिपाठी र कलवारबीच चुनावी प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२० पटक हेरिएको
Shares
त्रिपाठी र कलवारबीच चुनावी प्रतिस्पर्धा

सारांश

  • पटक पटक मन्त्री बन्नुभएका हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण कलवार चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ ।
  • प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी– बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ बाट त्रिपाठी र कलवार उम्मेदवार हुनुहुन्छ ।
  • लामो समयदेखि राजनीतिमा क्रियाशील त्रिपाठी र सन्तु भनिने सामान्य किसान कलवारबीच चुनावी प्रतिस्पर्धा देखिएपछि रोचक बनेको हो ।

पटक पटक मन्त्री बन्नुभएका हृदयेश त्रिपाठी र पूर्वसांसद देवकरण कलवार चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी– बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं १ बाट त्रिपाठी र कलवार उम्मेदवार हुनुहुन्छ । लामो समयदेखि राजनीतिमा क्रियाशील त्रिपाठी र सन्तु भनिने सामान्य किसान कलवारबीच चुनावी प्रतिस्पर्धा देखिएपछि रोचक बनेको हो ।

त्रिपाठीको काठमाडौँ र नवलपरासीमा घर तथा कलवारको नवलपरासीमा घर र केही खेतबारी छ । मधेशकेन्द्रित दलमा सक्रिय त्रिपाठीले अहिले नेकपा(एमाले)को चुनावी चिह्न लिनुभएको छ ।
यसअघिको निर्वाचनमा त्रिपाठीलाई करिब छ हजार मतअन्तरबाट कलवारले पराजित गर्नुभएको थियो । यस पटक त्रिपाठी र कलवारबीच निकै प्रतिस्पर्धा देखिन्छ । विसं २०७० भन्दा अगावैका निर्वाचनमा सोही क्षेत्रबाट त्रिपाठी त्रिपाठी र २०७० को निर्वाचनमा कलवार विजयी हुनुभएको थियो ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएकाले पनि निर्वाचन जित्ने त्रिपाठीको जिकिर छ तर अघिल्लो पटक बढी मतअन्तरले त्रिपाठीसँग चुनाव जितेको र यस पटक मधेसी जनअधिकारफोरम नेपाल(लोकतान्त्रिक)सँग भएको पार्टी एकीकरणबाट समत आफ्नो जितमा सहयोग मिल्ने कलवारको भनाइ छ ।

वाम गठबन्धनको समीकरणले नेता त्रिपाठी र लोकतान्त्रिक गठबन्धनले कलवारबीच कडा प्रतिस्पर्धा छ । चुनाव आफ्नो दाउमा लिन दुवै पक्षका अगुवा नेता एवं कार्यकर्ता गाउँगाउँ मतदाता फकाउने कार्यमा व्यस्त छन् । त्रिपाठी र कलवारको चुनावी अवस्थाबारे बुझन ग्रामीण क्षेत्रका जनता पनि उत्तिकै उत्सुक छन् ।

ठूलो भीडभाड लिई गाउँ÷गाउँमा पस्नुभएका यी नेता उखु, डुबान कटान, बाढी, बाटोघाटो, स्वास्थ्य शिक्षालगायत पुरानै कार्यसूची दोहो¥याइरहेका छन् । विसं २०४८ देखि २०६४ सम्मको निर्वाचनमा लगातार चार पटक बाजी मार्दै आउनुभएका त्रिपाठी चुनाव जसरी पनि आफ्नो पक्षमा पार्न वामगठबन्धनबाट एमालेको चुनाव चिह्न लिएर चुनावी मैदानमा रहेको बताइन्छ ।

त्रिपाठी यस पटकको निर्वाचनमा वाम गठबन्धनसँग नजिक भए पनि आफूले उठाउँदै आएको मधेस विभेदको विषय जीवन्त रहेको बताउनुहुन्छ ।

त्रिपाठी किन वामगठबन्धनमा

विगतमा त्रिपाठीले जित्दै आउनुभएका निर्वाचन क्षेत्र अहिले परिवर्तन भएकाले त्रिपाठी केही फरक सोच्न बाध्य भएको बताइन्छ । विसं २०६४ सम्म त्रिपाठीले जित्दै आएको निर्वांचन क्षेत्र मुख्य मधेस क्षेत्र थियो । यद्दपि अहिले बर्दघाट नगरपालिका त्रिपाठीको निर्वाचन क्षेत्रमा समावेश भएको छ ।

अहिले त्रिपाठीको निर्वाचन क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका ४, ५, ६, ७ नं वडा जोडिएका छन् । राजमार्गदेखि सीमासम्म बनेको नयाँ निर्वाचन क्षेत्रमा करिब ६० प्रतिशत पहाडी समुदायको बस्ती छ ।

स्थानीय तहको चुनावलाई हेर्दा बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा एमाले जितेको छ भने प्रतापपुर र सरावल गाउँपालिकामा काँंग्रेस र तत्कालीन फोरम(लोकतान्त्रिक)ले जितेका छन । अहिले नयाँ बनेको निर्वाचन क्षेत्रमा न त एमाले जित्न सक्थ्यो न त राजपाबाट त्रिपाठी जित्ने अवस्था थियो । अहिलेको निर्वाचन क्षेत्रमा एमालेको राजमार्ग क्षेत्रमा वर्चश्व छ भने दक्षिणी क्षेत्रमा राजपाको र राजपाभन्दा पनि त्रिपाठीको वर्चश्व छ । काँग्रेसको भने सीमादेखि राजमार्ग क्षेत्रसम्म प्रभाव छ ।

राष्ट्रिय राजनीतिमा त्रिपाठी र कलवार

विसं २०४८ सालको निर्वाचनमा नेता त्रिपाठीले तत्कालीन निर्वाचन क्षेत्र नं ३ मा नेपाल सद्भावना पार्टीबाट जित्नुभएको थियो । त्यति बेला काँग्रेसका नन्दलाल मिश्र त्रिपाठीको मुख्य प्रतिद्वन्द्वी हुनुहुन्थ्यो ।

विसं २०५१ को मध्यावधि संसदीय निर्वाचनमा पनि नेसपाबाट त्रिपाठीेले १५ हजार २९७ मत प्राप्त गरेर जित्नुभयो । उहाँका मुख्य प्रतिद्वन्द्वी काँग्रेसका त्रियोगीनारायण चौधरीले ११ हजार ७२९ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै २०५६ सालमा सोही निर्वाचन क्षेत्रबाट त्रिपाठी विजयी हुनुभयो । त्रिपाठीले १८ हजार १३३ र मुख्य प्रतिद्वन्द्वी चौधरीले १७ हजार ३४९ मत प्राप्त गर्नुभएको थियो ।

नेपालको इतिहासमा विसं २०६४ पहिलो पटक भएको संविधानसभा सदस्य निर्वाचनमा पनि त्रिपाठी नै विजयी हुनुभयो । त्यति बेला नेपालको निर्वाचन क्षेत्र परिवर्तन भएको थिो । त्यसभन्दा पहिला चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा विसं २०६४ मा छ निर्वाचन क्षेत्र कायम भयो ।
विसं २०६४ मा तराई–मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिनुभएका त्रिपाठी १० हजार २९ मत प्राप्त गरी विजयी बन्नुभयो । त्रिपाठीका प्रतिद्वन्द्वी काँग्रेसका कलवारले नौ हजार ८५६ मत प्राप्त गरी चित्त बुझाउनुप¥यो ।
विसं २०६४ मा उक्त निर्वाचन क्षेत्रमा तमलोपा र काँग्रेसको मात्र उम्मेदवारी परेको थियो । विसं २०७० मा भएको दोसं्रो संविधानसभाको निर्वाचनमा त्रिपाठीलाई राजनीतिक इतिहासमा पहिलो पटक पराजय भोग्नुप¥यो । २०६४ मा जम्मा १७३ मतले पराजित काँग्रेसका कलवारले दोस्रो संविधानसभा निर्वाचनमा छ हजार १५६ मतले त्रिपाठीलाई पराजित गर्नुभयो ।

त्रिपाठीलाई धेरैले मधेस क्षेत्रका जनताको हकहितका लागि एक बलियो नेताका रुपमा विश्वास गर्छन् । विगतमा त्रिपाठी धेरै पार्टी परिवर्तन गरे पनि क्षेत्रीय पार्टीमै रहनुभयोे । ती पार्टीमा त्रिपाठीले दोस्रो तहको भूमिका निर्वाह गर्नमै माहिर बन्नुभयो । उहाँ अहिलेको चुनावमा कार्यकर्ता भेटघाट र घरदैलोमा व्यस्त हुनुहुन्छ् । त्रिपाठीेको निर्वाचन लक्षित कार्यक्रम विगतका निर्वाचनभन्दा तीव्र रुपमा अघि बढिरहेको देख्न सकिन्छ ।

नेता त्रिपाठीसँग २०६४ देखि चुनावमा जुझ्दै आउनुभएका कलवार नै फेरि त्रिपाठीसँग मुख्य प्रतिद्वन्द्वीको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । यस्तै राजपा नेपालबाट अरुणकुमार सिंह घर्ती उम्मेदवार हुनुहुन्छ तर प्रतिस्पर्धा त्रिपाठी र कलवारबीच नै देखिन्छ. । त्रिपाठीकै कारण सो क्षेत्रमा राजपा बलियो रहेको थियो तर अहिले त्रिपाठी वाम गठबन्धनबाट उम्मेदवार भएपछि तिनका करिब ७० प्रतिशत कार्यकर्ता त्रिपाठीसँगै छन् । नेता कलवारले दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतले त्रिपाठीलाई पराजित गरेकाले अहिले आफू नै प्रभावशाली भएको जिकिर गर्नुभएको छ ।

नेता कलवारले सुस्ता जस्तो विकट ठाउँमा पुलको योजना ल्याई काम शुरु गराएको, सडक सञ्जालको विकास गरेको र उखुलाई राष्ट्रिय बालीमा सूचीकृत गराई उचित मूल्यका लागि निरन्तर पहल गरिरहेकाले आगामी निर्वाचनमा फेरि पनि जनताले आफूलाई नै जिताउने विश्वास व्यक्त गर्नुभयो ।

संविधान संशोधनमार्फत सबै वर्गका अधिकारको प्रत्याभूत गर्नुपर्ने भएकाले संविधान संशोधनको विषय अघि बढाएकाले जनतालाई आफूलाई चुनाव जिताउनेमा त्रिपाठी पनि आशावादी हुनुहुन्छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    kalwar tw gayo rukh dhalo !!!

    Comment Author

    Surendra Chaudhary

    Kalwaar ko jeet sunchit

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?