त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बाट सुन बरामद
सारांश
- काठमाडाै, २२ साउन ।
- त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले तस्करी भएर अाएकाे सुन बरामद गरेकाे छ।
- बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएकाे अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेकाे हो।
काठमाडाै, २२ साउन । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रहरीले तस्करी भएर अाएकाे सुन बरामद गरेकाे छ।बैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएकाे अबैध सुनको चुरा ७ थान र सुनको बेरुवा औठी ५ थान बरामद गरेकाे हो। उक्त सुनसहित फैयाज अालम पक्राउ परेका छन्।
सुनका गहनाकाे ताैल ४५७ ग्राम रहेकाे छ। साे परिमाणकाे सुनकाे बजार मूल्य २१ लाख ९४ हजार ५७ रूपैयाँ पर्छ। विमानस्थलबाट सुनका गर गहना तस्करी भइरहेकाे भन्ने गोप्य सूचनाको आधारमा २०७५ साउन २० गते महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गोल्डेनगेटस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडडुल गरिरहँदा सुनसरी भोक्राहा नरसिंह गा.पा.वडा नं.२ घर भई हाल का.जि.एयरपोट बस्ने वर्ष २८ का आलमलाई सुनका गहनासहित नियन्त्रणमा लिएकाे हो। तस्करी भएर अाएकाे सुन र सुनसँगै पक्राउ परेका अालमलार्इ प्रहरीले त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंकाे जिम्मा लगाएकाे छ।
त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भएर यसअघि पनि पटक-पटक तस्करीकाे सुन भित्रिएकाे थियाे।
प्रतिक्रिया