राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७९
|
|
५५ पटक हेरिएको
Shares
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै

सारांश

  • काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।
  • त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो।
  • बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाउनु भएको थियो ।

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना विशेषज्ञ पठाएको हो।

बुधबार प्रधानमन्त्री कार्यालयले विभागमा प्राविधिक टोली पठाउनु भएको थियो । बुधबार भएको छलफल अनुसार, बिहीबार पुनः टोलीले विभागका जिम्मेवार पदाधिकारी तथा कम्पनीका नेपालस्थित प्रतिनिधिसँग छलफल सुरु गरेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट डाटावेश विशेषज्ञ, प्रोग्राम एक्सपर्ट, मन्त्रालयका सूचना तथा प्रविधि शाखाका उच्चपदस्थ कर्मचारीलगायतले त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर प्राविधिक अध्ययन गरेका थिए।

टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने प्रणाली र प्रक्रिया के कस्तो छ भन्ने कुरा प्राविधिकरुपमा पहिचान गर्न आवश्यक अवलोकन गरेको थियो । त्यसलगत्तै कम्पनीको चीनमा रहेको मुख्यालयका प्राविधिकहरूसँग प्रधानमन्त्री कार्यालयको टोलीले हाल देखिएको समस्याका बारेमा कन्फ्रेन्स कलमार्फत कुराकानी गरेको थियो।

भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा प्रधानमन्त्री कार्यालयको टोलीले कम्पनीको प्राविधिक समस्याका कारण हजारौं नेपालीले समस्या झेल्नु परेकोले सम्झौता अनुरुप कम्पनीले तत्काल नै सफ्टवेयरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री यादव अचानक मन्त्रिपरिषद बैठकबाट किन बाहिरिए ?
मन्त्री यादव अचानक मन्त्रिपरिषद बैठकबाट किन बाहिरिए ?
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
दरबारमार्ग , ठमेल,  झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
दरबारमार्ग , ठमेल, झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
फिल्म फेयर अवार्डमा विद्या बालन उत्कृष्ट अभिनेत्री
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
ठूलो मात्रामा विष्फोटक पदार्थसहित विप्लव समूहका केन्द्रीय सदस्यसहित २१ जना पक्राउ
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
Marriage Minded You
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
मिस वल्र्ड’को भोटिङमा अनुस्का दोस्रो स्थानमा
सरकारलाइ सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाब
सरकारलाइ सबैपक्षसंग परामर्श गरेर मात्र बजेट निर्माण गर्न सुझाब
प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता