ला लिगामा बार्सिलोनाको रियल बेटिसमाथि ३–२ को जीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
ला लिगामा बार्सिलोनाको रियल बेटिसमाथि ३–२ को जीत

सारांश

  • स्पेन, २७ माघ ।
  • बार्सिलोनाले स्पेनिस लिगमा आइतबार संघर्षपुर्ण जित हात पारेको छ ।
  • डिफेन्डर क्लेमेन्ट लेङ्गलेट खेलको ७२ औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले रियल बेटिसमाथि ३(२को संघर्षपूर्ण जित हात पारेको हो।

स्पेन, २७ माघ । बार्सिलोनाले स्पेनिस लिगमा आइतबार संघर्षपुर्ण जित हात पारेको छ । डिफेन्डर क्लेमेन्ट लेङ्गलेट खेलको ७२ औं मिनेटमा गरेको गोलमा बार्सिलोनाले रियल बेटिसमाथि ३(२को संघर्षपूर्ण जित हात पारेको हो।

हिजोको खेलमा पहिलो अग्रता रियल बेटिसले लिएको थियो। खेलको छैटौं मिनेटमा सर्जिओ कानालेसले पेनाल्टीबाट गरेको गोलमा उसले अग्रता लिएको थियो। सो अग्रतालाई बार्सिलोनाले खेलको ९ औं मिनेटमा फ्रेन्की डि जोङ्गको गोलमा बराबरी गर्‍यो।

२६ औं मिनेटमा नबिल फकिरले गोल गर्दै रियल बेटिसलाई पुनः अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा सर्जियो बुस्क्वेट्सले पुनः गोल फर्काए र पहिलो हाफको २(२ को बराबरीमा सकियो।

लेङ्गलेटले सो बराबरीलाई ७२ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको पक्षमा पारेका हुन्। उनी खेलको ७९ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाहिर जानुपरेको थियो। त्यसअघि खेलको ७६ औं मिनेटमा रियल बेटिसका फकिर पनि दोहोरो पहेंलो कार्डका कारण मैदान बाहिर पुगेका थिए।

जितपछि बार्सिलोना लिगको दोश्रो स्थानमा रहेको छ। उसले २३ खेलबाट ४९ अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ५२ अंक रहेको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी
महोत्तरीः बर्दिबास नगरपालिकामा माओवादी विजयी
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘सबै मिलेर देश बनाउँ ’
चिनिया राष्ट्रपति बस्लान त ९ घण्टा काठमाडौँमा ?
चिनिया राष्ट्रपति बस्लान त ९ घण्टा काठमाडौँमा ?
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
कृतीको रहर
कृतीको रहर
‘सगरमाथामा अक्सिजनका सिलिण्डर चोरी’
‘सगरमाथामा अक्सिजनका सिलिण्डर चोरी’
पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा
पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा
मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा
मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले

तपाईंले छुटाउनुभयो कि?