प्रदेश-२ मा लेखा कर्मचारीको अभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश-२ मा लेखा कर्मचारीको अभाव

सारांश

  • जनकपुरधाम : प्रदेश-२ मा लेखा कर्मचारीको अभाव देखिएको छ।
  • लेखा दरबन्दीमा एक तिहाई पद रिक्त हुँदा कर्मचारीको अभाव भएको हो।
  •  नयाँ प्रादेशिक संरचनामा स्थानीय तह र मन्त्रालयसहित ९ वटा प्रदेश स्तरीय कार्यालय थपिएपछि धनुषामा ३३ प्रतिशत लेखाका कर्मचारीको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको छ।

जनकपुरधाम : प्रदेश-२ मा लेखा कर्मचारीको अभाव देखिएको छ।लेखा दरबन्दीमा एक तिहाई पद रिक्त हुँदा कर्मचारीको अभाव भएको हो। नयाँ प्रादेशिक संरचनामा स्थानीय तह र मन्त्रालयसहित ९ वटा प्रदेश स्तरीय कार्यालय थपिएपछि धनुषामा ३३ प्रतिशत लेखाका कर्मचारीको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको छ।

चालु आर्थिक वर्ष सक्न तीन महिना मात्र बाँकी रहेपनि मन्त्रालयलगायत सरकारी अड्डामा लेखाका कर्मचारीको दरबन्दी एक तिहाई रिक्त रहेको कारण बजेटको व्यवस्थापनमा समस्या आएको छ।

मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयलगायत ६ वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सचिवालय र १८ वटा स्थानीयतहलगायत धनुषामा ७५ वटा सरकारी कार्यालय रहेपनि लेखा अधिकृतलगायत १ सय ९ जना लेखा कर्मचारीको स्थानमा हाल ७० जना मात्र कार्यरत रहेका छन्।आवश्यकता अनुसार ३९ जना कर्मचारी नहुँदा एकजना कर्मचारीले दुईवटासम्म कार्यालयको काम गर्नुपर्ने बाध्यता छ।

कर्मचारी अभावमा कोष तथा लेखा नियन्त्रक कार्यालयले जेनतेन काम चलाउनु परेको छ। एउटै कर्मचारीले दुईवटासम्म कार्यालयको कामकाज भ्याउनु पर्ने अवस्था रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुरका प्रमुख डा. विरेन्द्रकुमार मिश्र बताउँछन्।

नयाँ कर्मचारी पदपूर्ति हुन समय लाग्ने छ, अहिले संक्रमणकालिन व्यवस्थापन गरी काम चलाउँदै आएको मिश्रले बताए।धनुषाको १८ वटा स्थानीय तहको लागि जम्मा ५ अर्ब १३ करोड ८१ लाख ९३ हजार बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?