आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १५, २०७९
|
|
२४ पटक हेरिएको
Shares
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?

सारांश

  • काठमाडौ ।
  • भारतका चर्चित क्रिकेट खेलाडी विराट कोहलीले आफ्नो सुरक्षालाई लिएर “धेरै डराएको” बताएका छन्।
  • आफ्नो होटलको कोठामा अपरिचित व्यक्ति देखापरेको भिडिओ शेअर भएपछि उनले यस्तो बताएका हुन्।

काठमाडौ । भारतका चर्चित क्रिकेट खेलाडी विराट कोहलीले आफ्नो सुरक्षालाई लिएर “धेरै डराएको” बताएका छन्। आफ्नो होटलको कोठामा अपरिचित व्यक्ति देखापरेको भिडिओ शेअर भएपछि उनले यस्तो बताएका हुन्।

सुरुमा सामाजिक सञ्जालमा अन्यत्रै शेअर गरिएको भिडिओमा कसैले पर्थस्थित कोहली बस्ने होटलको कोठामा आफूलाई रेकर्ड गरेको देखिन्छ।

उक्त होटलले त्यसबारे अनुसन्धान जारी रहेको र “कन्ट्र्याक्टरले राजीनामा दिएको” जनाएको छ।

कोहलीले इन्स्टाग्राममा भनेका छन्, “यस्तो खालको दुराग्रह र गोपनीयताको हनन् मलाई मान्य छैन।
“यदि होटलको मेरै कोठामा मेरो गोपनीयता सुरक्षित हुनसक्दैन भने मैले आफ्नो व्यक्तिगत ठाउँ भनेर कुन ठाउँलाई मान्न सक्छु?”

उक्त भिडिओको क्याप्सनमा “किङ्ग कोहलीको होटलको कोठा” लेखिएको छ। पूर्व कप्तान कोहली क्रिकेटमा एउटा असाध्यै चर्चित नाम हो।

कोहलीले थप लेखेका छन्, “म बुझ्न सक्छु कि प्रशंसकहरू आफ्नो मनपर्ने खेलाडीलाई हेर्न र भेट्न एकदमै उत्साही हुन्छन् र मैले त्यसको सधैँ सम्मान गर्ने गरेको छु।”

“तर यो भिडिओ भने भय उत्पन्न गराउने खालको छ र मेरो गोपनीयतालाई लिएर यसले मलाई एकदमै अत्याएको छ।”

उक्त प्रतियोगिताको आयोजक तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रवक्ताले भनेका छन्: “गोपनीयताको यो तरिकाको खुल्ला उल्लंघनले आइसीसीलाई अत्यन्तै निराश बनाएको छ।”

“हामी यस्तो घटना नदोहोरियोस् र खेलाडीको गोपनीयताको पूर्ण रूपमा सम्मान होस् भनेर होटल र सुरक्षा प्रदान गर्नेहरूसँग निरन्तर कुरा गर्नेछौँ।”
क्राउन रिजोर्टका प्रवक्ताले भनेका छन्: “क्राउन पर्थमा पाहुनाको गोपनीयताबारे हामी सचेत छौँ।”

बिबिसीबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?