रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी
सारांश
- रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
- देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी भएको हो ।
- आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
रौतहटमा विद्युत् सर्ट भइ एउटा घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया