नेकपा काे नियमावली पारित संगै एकता प्रक्रियाको बाटो खुल्याे

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेकपा काे नियमावली पारित संगै एकता प्रक्रियाको बाटो खुल्याे

सारांश

  • काठमाडौँ, २७ असार ।
  • नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काे  पार्टीको नियमावलीलाई पारित भएकाे छ।
  • बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो ।

काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काे  पार्टीको नियमावलीलाई पारित भएकाे छ।

बुधबार बिहान बालुवाटारमा बसेको सचिवालयको बैठकले पार्टी एकतापछि अन्तरिम विधानबमोजिम बनेको नियमावली पारित गरेको हो ।

बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकाशन गर्ने निर्णय गरेको बताइएकाे छ ।

नियमावलीलाई अन्तिम रुप दिन पार्टीको सचिवालय बैठक मंगलबार पनि बसेको थियो । मंगलबार निष्कर्ष नआएपछि बैठक बुधबारका लागि सारिएको थियो ।

स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

नियमावलीको अभावमा एकीकृत पार्टी र भातृसंगठनका केही काम रोकिएका थिए ।
नियमावलीलाई अन्तिम रुप दिएसँगै प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता प्रक्रियाको बाटो खुलेको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकताको तीन महिनाभित्र प्रदेश, जिल्ला कमिटी, प्रवास र जनसंगठनको एकता सक्ने पार्टीको घोषणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?