२७ लाख रुपैयाँ हिनामिनामा चर्चित ३ श्रष्टा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
२७ लाख रुपैयाँ हिनामिनामा चर्चित ३ श्रष्टा

सारांश

  • स्रष्टाको २७ लाख हिनामिना प्रकरणमा मुछिएका छन् सुरेश अधिकारी, महेश खड्का र लोकराज अधिकारी केरकारमा परे आइतबार कमलादीमा ।
  • हिसाबकिताब खोज्न भेला भएका थिए यादव खरेल, दिनेश अधिकारी, राजेन्द्र थापा र लक्ष्मण शेष ।
  • विद्वतहरुले रोयल्टी संकलन समाजले ‘गाई मारेर गधा पोसेको’ भन्दै चर्काे आलोचना गरे ।

स्रष्टाको २७ लाख हिनामिना प्रकरणमा मुछिएका छन् सुरेश अधिकारी, महेश खड्का र लोकराज अधिकारी केरकारमा परे आइतबार कमलादीमा । हिसाबकिताब खोज्न भेला भएका थिए यादव खरेल, दिनेश अधिकारी, राजेन्द्र थापा र लक्ष्मण शेष । विद्वतहरुले रोयल्टी संकलन समाजले ‘गाई मारेर गधा पोसेको’ भन्दै चर्काे आलोचना गरे । लक्ष्मण शेषले एक÷एक पैसाको हिसाबकिताब खोजेपछि संस्थाका पूर्वकोषाध्यक्ष (पत्रकारसमेत) रहेका लोकराज अधिकारी टक्टकिन खोजे ‘म साहित्यको विद्यार्थी, साहित्य अलिअलि बुझ्छु । गीतरसंगीत अलिअलि बुझ्छु तर यो एकाउन्ट कहाँ छल्या बुझ्दिनँ ।’

उपाध्यक्षको हैसियतले बोलिरहेका सुवास रेग्मीले लाचारी पोखे, ‘कार्यसमितिको मर्यादा एकातिर छ, संस्थागत मर्यादा अर्कै्तिर । म आफैं धर्मसंकटमा छु ।’ त्यसपछि बोल्ने पालो थियो संगीतकार लक्ष्मण शेषको । उनी पड्किन थाले, ‘यहाँको भ्रष्टाचारसम्बन्धी एक एक प्रमाण पेश गर्न सक्छु । पाइ–पाइको हिसाब चाहिन्छ, स्रष्टाको पैसामा तर मार्न पाइन्न ।

संगीतकार लक्ष्मण शेषले बोल्दै गर्दा हलबाट गडगडाहट ताली बज्यो पछि प्रमोद खरेल, शिव परियार, सत्यराज आचार्यहरूले एकेडेमीबाहिर जम्मा भई थप आक्रोश पोखे ।

भेलाले आर्थिक हिनामिना प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्न रजिस्ट्रारको कार्यालयमा लेखी पठाउने, वर्तमान कार्यसमितिद्वारा आर्थिक गतिविधि नियमनका लागि चूडामणि देवकोटाको संयोजकत्वमा लक्ष्मण शेष र शान्तिराम राई सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
स्वदेश विजुली खपतलाई निरुत्साहित
स्वदेश विजुली खपतलाई निरुत्साहित
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !
दीप बस्न्यात अख्तियार प्रमुख आयुक्तमा सिफारिस !
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
रोल्पाका द्वन्द्वपीडित सैनिक पत्नि व्यवसायबाट मनग्ये आम्दानी गर्दै
झापाको दमकबाट २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक पक्राउ
झापाको दमकबाट २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक पक्राउ
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
पाँच नम्बरका मुख्यमन्त्री पोख्रेललाई भौतिक पूर्वाधार खोज्नै हम्मेहम्मे
विप्लवले प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएका थिए?
विप्लवले प्रचण्ड र ओलीलाई मार्न मान्छे खटाएका थिए?
५ किलो अफिमसहित ३ जना पक्राउ
५ किलो अफिमसहित ३ जना पक्राउ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ
जिब्राल्टारमा पक्राउ गरिएको इरानी तेल ट्याङ्कर भूमध्यसागरतर्फ