दरबारमार्ग , ठमेल, झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
दरबारमार्ग , ठमेल,  झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी

सारांश

  • उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ ।
  • गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ ।
  • काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्न लागिएको हो ।

उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्न लागिएको हो । चारै जिल्लामा प्रहरीले आवश्यक तयारी सुरु गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

पहिलो चरणमा दरबारमार्ग, ठमेल, झम्सिखेल, लेकसाइड खोलिने
काठमाडौंको दरबारमार्ग र ठमेल, ललितपुरको झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्न लागिएको हो । गृहले भक्तपुरमा पनि व्यवसायीबाट माग भएमा २४ घन्टै खोल्न पत्राचार गरेको छ । काठमाडौं र पोखरामा तत्काल खोल्ने तयारी भए पनि ललितपुर र भक्तपुरमा भने केही महिना लाग्ने प्रहरीले जनाएको छ ।

गृहले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनलाई बुधबार पत्राचार गरेको थियो । सो पत्राचार प्रहरी प्रधान कार्यालयले चार जिल्लालाई सुरक्षा प्रबन्ध मिलाउन सर्कुलर गरेको छ । गृहमन्त्री जनार्दन शर्माको ८४ बुँदे गृह सुधार मार्गचित्रको २५औँ बुँदामा पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्ने उल्लेख छ । सोही योजनालाई कार्यान्वयन गर्न लागिएको हो । पर्यटकलाई आकर्षित गर्न २४ घन्टा सञ्चालन गर्न लागिएको हो । ‘बिहीबार मन्त्रालयबाट चिठी आएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने, ‘१५ दिनभन्दा पनि छिटो हामी मुख्य पर्यटकीय बजार २४ सै घन्टा खोल्नेछौँ । त्यसको तयारीमा जुटिसकेका छौँ ।’ ललितपुर प्रशासनले पनि अध्ययन सुरु गरेको छ । २४ सै घन्टा बजार खुलाउन सकिने क्षेत्रबारे आफूहरूले छलफल सुरु गरेको ललितपुरका एसएसपी ठुले राईले बताए । कास्कीमा पनि प्रशासन र प्रहरीले व्यवसायीहरूसँग छलफल सुरु गरेको छ । लेकसाइड क्षेत्रको बजारलाई २४ सै घन्टा खुलाउन तयारी सुरु गरिएको कास्कीका एसपी घनश्याम अर्यालले बताए ।

मापदण्ड पूरा गरेकालाई मात्र खोल्न दिनुपर्ने प्रहरीको प्रस्ताव
प्रहरीले सिसिटिभी, सुरक्षागार्ड, खाली स्थान, आकस्मिक कक्ष तथा मेडिकल किटको व्यवस्था भएका रात्रिकालीन व्यवसायलाई मात्र २४ घन्टा सञ्चालन गर्न दिनुपर्ने प्रस्ताव गरेको छ । निश्चित मापदण्ड पूरा गरेका रेस्टुरेन्ट तथा डिस्कोलाई मात्र २४ घन्टा खोल्न दिइनेछ । नेपालमा वर्षौंदेखि पर्यटकीय बजारहरू २४ सै घन्टा खुलाउने प्रयास हुँदै आए पनि माथिल्लो तहबाट सहयोग नहुँदा सफल हुन सकेको छैन । यसपटक गृहमन्त्रीले नै अग्रसरता लिएपछि रात्रिकालीन व्यवसाय बिहानैसम्म चल्ने भएका छन् ।

हाल रात्रिकालीन व्यवसाय सामान्यतया १२ बजेसम्म मात्र चल्ने गरेका छन् । डिस्को र लाउञ्ज बारलाई भने प्रहरीले बिहान २ बजेसम्म खोल्ने अनुमति दिएको छ । सुरक्षाकै कारण देखाउँदै प्रहरीले रात्रिकालीन व्यवसायलाई समयसीमा तोकेको हो । शुक्रबारबाहेक अन्य दिन १२ बजे नै ठमेल-दरबारमार्ग सुनसान हुने गरेको छ ।

तत्कालका लागि शुक्रबार मात्र २४ घन्टा खोल्ने अनुमति दिए पुग्ने एक प्रहरी अधिकारी बताउँछन् । ठमेललगायत क्षेत्र आवासीय क्षेत्र भएकाले २४ सै घन्टा खोल्दा स्थानीयलाई समेत असर नपर्ने व्यवस्था मिलाउनुपर्ने प्रहरी अधिकारीहरूको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्वार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँ द्वार
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
तीन सय ट्याक्सी चालक कारवाहीमा
तीन सय ट्याक्सी चालक कारवाहीमा
समाजको उत्थानमा नारी शिक्षाको अपरिहार्यता
समाजको उत्थानमा नारी शिक्षाको अपरिहार्यता
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
सम्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ? यो पढ्नुस
सम्भोग गर्ने इच्छा महिला या पुरुष कुनमा बढी हुन्छ ? यो पढ्नुस

तपाईंले छुटाउनुभयो कि?