अमेरिकाको टेक्सासमा एक गोरा अतिवादीलाई मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
४२ पटक हेरिएको
Shares
अमेरिकाको टेक्सासमा एक गोरा अतिवादीलाई मृत्युदण्ड

सारांश

  • वासिङ्टन, डिसी अमेरिका ।
  • अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ।
  • टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन्।

वासिङ्टन, डिसी अमेरिका । अमेरिकाको टेक्सास राज्यमा बुधबार एक गोरा अतिवादीलाई मृत्युदण्ड दिइएको छ।टेक्सासको एल पासो नजिक सन् २००२ मा एक २९ वर्षीया महिलाको हत्यामा दोषी ठहरिएका ३८ वर्षीय जस्टेन हललाई मृत्युदण्ड दिइएको जेल अधिकारीले बताएका छन्।

अभियुक्त हलले न्यू मेक्सिको नजिकको मरुभूमिमा ती हत्या गरिएकी महिलाको शव गाडेका थिए। “आर्यन सर्कल” नामको समूह(ग्याङ)ले चलाएको लागूऔषध उत्पादन प्रयोगशालाका बारेमा प्रहरीलाई खबर दिने धम्की दिएपछि हलले ती महिलाको हत्या गरेको सरकारी वकीलले बताएका छन्।

हलका वकीलहरुले मानसिक अस्वस्थताका कारण हलले ती महिलाको हत्या गरेको भन्दै माफी दिन अदालतसमक्ष पटकपटक आग्रह गरेका थिए, तर हल स्वयंले सन् २०१७ मा अदालतमा पुनः सुनुवाईका लागि आवेदन नगर्न वकीलहरुलाई आग्रह गरेका थिए।संयुक्तराज्य अमेरिकामा यसै वर्ष मृत्युदण्ड दिइएका हल १९औं व्यक्ति हुन् र तीमध्ये आठ जनालाई टेक्सासमा मृत्युदण्ड दिइएको छ।

(fisheries)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
भावी प्रधान न्यायाधीश राणाकी जोशी ? दुबैजनाको नाम सिफारिस
काठमाडौंमा भुकम्पको धक्का महसुस…
काठमाडौंमा भुकम्पको धक्का महसुस…
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
डेण्टल टुरिजमको प्रभाव : साईराममा दाँत उपचार गर्न विदेशी पर्यटक आर्कषित
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित  छ : प्रधानमन्त्री
नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
माओवादी केन्द्रको बैठकमा परिवारवाददेखि सुन काण्डसम्मको आरोप
दाङ  दङिशरण गाउपालीकाको पहिलो मत परिणाम,एमालेको अग्रता
दाङ दङिशरण गाउपालीकाको पहिलो मत परिणाम,एमालेको अग्रता
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
महिना दिन नपुग्दै अण्डाको मुल्य बढाउंँदा उपभोत्ता मारमा !!!
महिना दिन नपुग्दै अण्डाको मुल्य बढाउंँदा उपभोत्ता मारमा !!!