दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २४, २०८०
|
|
५९ पटक हेरिएको
Shares
दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला

सारांश

  • बलेवा ।
  • पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ ।
  • अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।

बलेवा । पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।

जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । “यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो”, बरालले भने, “अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।” अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताए ।

पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई आज जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ ।

(plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
पोखराको चोरसाँघुमा सेती नदीमाथि बनेको पक्की पुलको उद्घाटन
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
मन्त्रीहरु फेरबदल हुन सक्ने प्रचण्डको संकेत !
अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प
अमेरिकाको क्यालिफिर्नियामा ७ म्याग्निच्डुको शक्तिशाली भूकम्प
वालुवाटारको जग्गा हडप्ने सुवेदी र ढकाललाई चिन्नु भएको छ ?
वालुवाटारको जग्गा हडप्ने सुवेदी र ढकाललाई चिन्नु भएको छ ?
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अन्योल
उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान
उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान
गिरिजाप्रसाद कोइरालालाई बिर्सन थाल्यो कांग्रेसले
गिरिजाप्रसाद कोइरालालाई बिर्सन थाल्यो कांग्रेसले
कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री
निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री