पछिल्लो नतिजा, एमाले माओबादी ३-३ स्थानमा काङ्ग्रेस फोरम १-१ स्थानमा बिजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
पछिल्लो नतिजा, एमाले माओबादी ३-३ स्थानमा काङ्ग्रेस फोरम १-१ स्थानमा बिजयी

सारांश

  • काठमाडौं, असोज ३ – मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ ।
  • प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ ।
  • केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ ।

काठमाडौं, असोज ३ – मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ । पछिल्लो परिणाम अनुसार माओवादीले ३, एमालेले ३, कांग्रेसले एउटा र संघीय समाजवादी फोरमले एउटा वडामा जितेका छन्,
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुँवर २ सय ८ मत ल्याई प्यानलसहित विजयी हुनुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र सिरहको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी हुनुभएको छ । बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका पनालाल साह प्यानलसहित विजयी हुनुभएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नंबर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी हुनुभएको छ । पर्साको पटेर्वा सुगौलीको वडा नम्बर १ मा एमालेका फरमान अन्सारी र पर्साकै विन्दबासिनी गाउँपालिकाको वडा नम्बर १ मा एमालेकै सगिर मिया विजयी हुनुभएको छ ।
सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी हुनु भएको हो । सिरहाको लहान नगरपालिका वडा नंबर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका सियाराम यादव विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?