बाजुरामा हिमपात शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बाजुरामा हिमपात शुरु

सारांश

  • बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ ।
  • जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ ।
  • हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ । हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ ।

हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका वासिन्दा प्रेम सार्कीले जानकारी दिनुभएको छ । चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ ।

चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ । जिल्लामा कात्तिकबाटै चिसो बढ्न शुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?