सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सीमा क्षेत्रमा भारतद्वारा एकतर्फि रुपमा सडक निर्माण !

सारांश

  • भीमदत्तनगर, २३ साउन ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।
  • नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ ।

भीमदत्तनगर, २३ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ । नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन् ।

भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले भारतले नेपाली पक्षसित समन्वय नगरी करीब दुई सय मिटर वरसम्म नेपाली भूभागमा सडक बनाउन थालेको बताए । सीमास्तम्भ नं ३ हराएका कारण लामो समयदेखि त्यहाँ विवाद हुँदै आएको छ । केही समयअघि नेपाल–भारत संयुक्त सीमा सर्भे टिमले सो क्षेत्रको सर्भे गरेको थियो । सर्भेपछि टनकपुर तटबन्धको सिँढी (टनकपुरदेखि एक हजार मिटर उत्तरतर्फ विद्युत्गृहमा बनाएको सिँढी)लाई नेपाल–भारत सिमाना मानिँदै आएको थियो ।

उक्त सिमाना मानिएको क्षेत्रमा नै ३ नं सिमास्तम्भ पर्ने सर्भे टिमले निक्र्योल गरेको थियो । भारतले अहिले एकतर्फीरूपमा उक्त क्षेत्रमा सडक निर्माण गर्न थालेपछि विरोधमा उत्रिएको स्थानीयवासी गगनसिंह कार्कीले बताए । “विसं २०४०÷४२ तिर ३ नं सिमास्तम्भ महाकाली नदीको बीचमा थियो, त्यो सीमास्तम्भ वरपर गाईवस्तु चराएको छु,” उनले भने, “सीमास्तम्भ हराएका कारण लामो समयदेखि भारतले सीमा मिच्दै आएको छ ।” भारतीय पक्षले हाल उक्त क्षेत्रमा पक्की सडक बनाउन थालेको छ । करीब एक हजार १५० मिटर सडक निर्माण गर्ने भारतको योजना छ । यस्तै तटबन्ध छेउमा टनकपुर ब्यारेज क्षेत्रमा करीब एक हजार ३०० मिटर सडक बनाउँदैछ । टनकपुर पुल र बाँध निर्माणका क्रममा महाकाली नदीको बीच भागमा रहेको ३ नं सिमास्तम्भ हराएको हो ।

“दशगजा र नेपाल–भारत सीमाको वास्ता नगरी भारतले सडक निर्माण गरिरहेकाले हामीले स्थानीय प्रशासन र नगरप्रमुखलाई यसबारे खबर गरेका छाँै,” वडाध्यक्ष नाथले भने, “नेपाली पक्षसीत समन्वय गरेर मात्र भारतले सडक निर्माण गर्नुपर्छ ।” उनले सो क्षेत्रमा सीमाक्षेत्र निर्धारण गर्न माग गरे ।

मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासहितको सुरक्षा निकायको टोलीले सडक निर्माणस्थलको अवलोकन गरेको थियो । “सडक निर्माण गर्न भारतीय पक्षले हामीसित समन्वय गरेको छैन,” उनले भने, “उक्त क्षेत्रमा लामो समयदेखि विवाद रहेकाले संयुक्त सर्भे टिमले टुंगो लगाएपछि मात्रै सडक निर्माण गर्न भारतीय पक्षलाई आग्रह गरेका छौँ ।” भारतीय पक्षलाई काम रोक्न भने पनि भारतले सडक निर्माणलाई निरन्तरता दिएको छ । भारतले दुई महिनादेखि उक्त क्षेत्रमा ठेक्का प्रक्रियाबाट पक्की सडक निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ashok Rayamajhi

    kasto ho npl ko jamin jatikher nai michirahanxa indian le asle khojeko k indian ko hepah parabirti lai sab janta miler pratikar garna jaruri xa ra sima najik sima ko security diyer badeko police army k garer basxa herne kan ma tel haler basne ho sabai kam sarkarle matra herne ta hoina ni nikay xan usle aaphno bhumika nibhaunu paryo ni

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?