दशैँ लागेसँगै राजधानीबाट १२ लाख यात्रु बाहिरिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
दशैँ लागेसँगै राजधानीबाट १२ लाख यात्रु बाहिरिए

सारांश

  • काठमाडौँ ।
  • दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन्।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् ।

काठमाडौँ । दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिए । उनका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएका छन् भने र एक लाख १७ हजार भित्रिएका छन् । अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिए।

प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो। सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ। विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताए।

राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ। नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए । उनले चाडबाडमा बढी भाडा लिने र यात्रुलाई दुःख दिनेको निगरानी र कारवाहीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको जानकारी दिए।

अभियानका कारण महाशाखाले लामो दूरीका सवारीमा अनिवार्य दुई चालक नराखेका १५ र ‘ओभरलोड’ बोक्ने ४० सवारीलाई कारवाही गरिएको छ। यो बीचमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ८४८ सवारीलाई कारवाही गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपसभामुखले राजीनामा नदिने, उपसभामुखलाई नै सभामुख बनाउने तयारी
उपसभामुखले राजीनामा नदिने, उपसभामुखलाई नै सभामुख बनाउने तयारी
मुक्तिनाथको फेदीमा थकाली होमस्टे
मुक्तिनाथको फेदीमा थकाली होमस्टे
सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग
सत्तल बनाउन एउटै परिवारद्वारा रु दुई लाख बढी सहयोग
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!

तपाईंले छुटाउनुभयो कि?