राजकुमारीकाे पद त्यागेर प्रेमीसँग विवाह !
सारांश
- काठमाडाैँ १३ कात्तिक ।
- जापानी राजकुमारी आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारीकाे पद त्याग गरेकी छन्।
- गत वर्ष नै घाेषणा गरेअनुरुप अाफ्ना प्रेमी केई माेरियासँग विवाह गर्दै अाफ्नाे राजकुमारी पद अाैपचारीक रुपमा त्यागेकी हुन् ।
काठमाडाैँ १३ कात्तिक । जापानी राजकुमारी आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारीकाे पद त्याग गरेकी छन्। गत वर्ष नै घाेषणा गरेअनुरुप अाफ्ना प्रेमी केई माेरियासँग विवाह गर्दै अाफ्नाे राजकुमारी पद अाैपचारीक रुपमा त्यागेकी हुन् । २८ वर्षीया राजकुमारी अायाकाे र ३२ वर्षीय माेरियाकाे साेमबार परम्परागत रुपमा विवाह भएकाे थियाे ।
विवाह जापानका पूर्वसम्राट मेइजी तथा राजकुमारीको जिजुबुवाको नाममा बनाइएको मन्दिरमा भएको थियाे । विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए। ‘म उनीसँग विवाह गर्न पाउँदा र धेरै जना यहाँ आएर हामीलाई बधाई दिँदा हर्षविभोर छु,’ विवाह समारोहपछि राजकुमारीले भनिन्। तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ। सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए। पछि उनी साम्राज्ञी मिचिको बनिन्। अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो।
यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन्। जापानी राजपरिवारकी छोरी मान्छेले आममान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ। जापानको उत्तराधिकार कानुनअनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन्। विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउनेछन्।
जापानको राजपरिवारमा पुरूषको कमी छ। युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन्। आमकेटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने छिन्।
प्रतिक्रिया