पोखराको सेदीबगर रातमाटेमा जीप दुर्घटना, १ को मृत्यू, ५ घाइते
सारांश
- पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ सेदीबगर रातमाटेमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
- पोखरा १८ पामेबाट पोखरा फर्कने क्रममा राती ग.
- १य.
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ सेदीबगर रातमाटेमा गएराती जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । पोखरा १८ पामेबाट पोखरा फर्कने क्रममा राती ग.१य. ८७९ नम्बरको जीप रातमाटेबाट फेवाताल नजिक खसेको थियो ।
दुर्घटनामा परी भोजपुर दमना गाउँपालिका घर भई पोखरा बस्दै आएका रामप्रसाद राईको मुत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
गम्भीर घाईते हुनेमा भोजपुर घर भई पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने विष्णु राई र भक्तबहादुर राई रहेको छन् । उनीहरुको पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटलको आईसियुमा राखेर उपचार भइरहेको छ ।
दुर्घटनामा अन्य ३ जना सामान्य भएको र उनीहरुको पनि फिस्टेल हस्पिटलमै उपचार भइरहेको छ । दुर्घटनाका’boutमा अुनसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया