एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
सारांश
- सिने सर्कल नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एलजी सिने सर्कल एवार्ड–२०७४ मा अघिल्लो वर्षको सफल चलचित्र जात्राले बाजी मारेको छ ।
- समारोहमा उक्त चलचित्रले वर्षको उत्कृट चलचित्र एवार्ड, उत्कृष्ट निर्देशक (प्रदिप भट्टराई), उत्कृष्ट अभिनेता (विपिन कार्की), उत्कृष्ट अभिनेत्री (वर्षा राउत), उत्कृष्ट पटकथा (प्रदिप भट्टराई) गरी सर्वाधिक पाँच वटा एवार्ड जित्न सफल भयो ।
- ५१ वर्षअघि नीजि क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइतीघरलाई स्मरण गर्दै आयोजित यो वर्षको एवार्डमा उक्त चलचित्रका अभिनेता तथा अभिनेत्री सिपी लोहनी तथा माला सिन्हालाई विशेष सम्मान गरिएको थियो ।
सिने सर्कल नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एलजी सिने सर्कल एवार्ड–२०७४ मा अघिल्लो वर्षको सफल चलचित्र जात्राले बाजी मारेको छ । समारोहमा उक्त चलचित्रले वर्षको उत्कृट चलचित्र एवार्ड, उत्कृष्ट निर्देशक (प्रदिप भट्टराई), उत्कृष्ट अभिनेता (विपिन कार्की), उत्कृष्ट अभिनेत्री (वर्षा राउत), उत्कृष्ट पटकथा (प्रदिप भट्टराई) गरी सर्वाधिक पाँच वटा एवार्ड जित्न सफल भयो ।
५१ वर्षअघि नीजि क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइतीघरलाई स्मरण गर्दै आयोजित यो वर्षको एवार्डमा उक्त चलचित्रका अभिनेता तथा अभिनेत्री सिपी लोहनी तथा माला सिन्हालाई विशेष सम्मान गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले लोहनी तथा सिन्हालाई सम्मान गरेका हुन् । त्यसक्रममा माइतीघरका गीतका गायक प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र यादव खरेलसहितका व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । चलचित्र माइतीघरले नेपाली चलचित्र क्षेत्रको इतिहासको थालनी गरेको तथा यसले नेपाली चलचित्रलाई उचाइमा पुर्याएको स्मरण गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।
नेपाली सेनाको सांगीतिक समुहले माइतघरदेखि पुरानो डुंगासम्मका लोकप्रिय गीतको धुन प्रस्तुत गर्दै प्रारम्भ भएको एवार्ड वितरण समारोहमा लोकप्रिय कलाकारहरुले माइतीघरका गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सम्मानित हुने क्रममा भावुक देखिएकी अभिनेत्री माला सिन्हाले ५१ वर्षअघि अभिनय गरेको नेपाली चलचित्रका कारण आज आएर सम्मान हुन पाउँदा अत्यन्त भावुक भएको प्रतिक्रिया दिएकी थिइन् ।
समारोहमा तीन दशकदेखि नेपाली चलचित्रमा द्वन्द निर्देशन गर्दै आएका द्वन्द्व निर्देशक एनबि महर्जनलाई नगद ५१ हजार रुपैयाँ राशीको लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरिएको थियो ।
समारोहमा जीत नेपालले हास्य प्रस्तुतीमार्फत चलचित्र क्षेत्रकै रमाइला तथा नरमाइला पक्षहरुको बारेमा व्यंग्य गरे भने गायक राजेशपायल राई, ध्रुव विस्कोसहितका कलाकारहरुले सांगीतिक प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया