२ सयकाे चाेरी: ७० हजारको डिएनए परिक्षण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
२ सयकाे चाेरी:  ७० हजारको डिएनए परिक्षण

सारांश

  • काठमाडाै,२७ मंसिर।
  •   २ सय रुपैयाँको दही चोरेको होकी होइन भनेर थाहा पाउन ७० हजारको डिएनए परिक्षण गरिएको छ ।
  • घटना हो ताइवानको ।

काठमाडाै,२७ मंसिर।  २ सय रुपैयाँको दही चोरेको होकी होइन भनेर थाहा पाउन ७० हजारको डिएनए परिक्षण गरिएको छ । घटना हो ताइवानको । ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७० हजार खर्च गरेको समाचारमा जनाइउको छ । छात्राले ताइवान पुलिसलाई आफ्नो फ्रिजबाट हराएको दही कसले चोरेको हो पत्ता लगाउन बारम्बार आग्रह गरेपछि प्रहरीले फ्रिजबाट औँठाछाप समेत जाँच गरेर चोरको खाेजी गरिरहेको छ ।

छात्राले ताइवान पुलिसमा फ्रिजबाट दही चोरी भएको रिपोर्ट लेखाएपछि पुलिसले दही चोर पत्ता लगाउन औँठाछापदेखि डिएनए परिक्षण गरेर चोर पत्ता लगाएपछि अहिले आएर प्रहरी नै विबादमा तानिएको बताइएको छ । आश्चर्यको कुरा त के छ भने ताइवान पुलिसले २०० रुपैयाँको दहीको लागि लगभग ७० हजारको परिक्षण खर्च हुन पुग्यो । सानो कुरालाई प्रहरीले मिलाउन नसकेको भन्दै अहिले चोर पत्ता लागेपनि प्रहरी नै विबादमा तानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?