भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
भारतमाथि ऐतिहासिक जित, नेपाल फाइनलमा

सारांश

  • काठमाडौं ।
  • भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
  • घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।

काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।

घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो। नेपालको जितमा रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् ।

पहिलो हाफको इन्जुरी समयमा प्रिती राईको पासमा रश्मीले गरेको गोल नै निर्णायक बनेको हो। यसअघि भुटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ। नेपालले सोमबार फाइनलमा बंगलादेशको सामना गर्नेछ।

महिला साफको इतिहास भारतमाथि नेपालको यो ऐतिहासिक जित हो। यसअघि नेपालले महिला साफमा भारतलाई पराजित गर्न सकेको थिएन।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?