श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतिले गरीन अात्महत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
श्रीमानले अर्को विवाह गर्न नमान्दा श्रीमतिले गरीन अात्महत्या

सारांश

  • बुटवल, २५ असार ।
  • श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्बन्ध विच्छेद माग्ने, वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमानेपछि आत्मा हत्या गरेकी छन् ।
  • बडीगाड गाउँपालिका वडा न ९, साविकको दर्लीङ गाबिस वडा न १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षिया श्रीमती गीता मल्लले गएराती झुण्डिएर आत्माहत्या गरेकी हुन् ।

बुटवल, २५ असार । श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्बन्ध विच्छेद माग्ने, वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमानले उक्त विवाह गर्न नमानेपछि आत्मा हत्या गरेकी छन् ।

बडीगाड गाउँपालिका वडा न ९, साविकको दर्लीङ गाबिस वडा न १ निवासी डिल बहादुर मल्लकी ४३ वर्षिया श्रीमती गीता मल्लले गएराती झुण्डिएर आत्माहत्या गरेकी हुन् ।

साँझ श्रीमान सँगै खाना खाइन्, आफ्नो श्रीमानलाई बिस्तारासमेत लगिन र तपाई सुत्नुस् म टिभी हेर्छु भन्दै कोठाबाट बाहिरिएकी थिर्इन् । सधै टिभी हेरेर आएर सुत्ने भएको हुँदा श्रीमान पनि सुतेको र बिहान ३ बजे व्युँझेर हेर्दा श्रीमतीलाई नदेखेपछि श्रीमानले घर नजिकै रहेको कोठाको माथिल्लो तलामा मृत अवस्थामा फेला पारेपछि स्थानीयलाई हार गुहार गरी बोलाएको वडा अध्यक्ष कृष्ण के सी ले बताए।

लगत्तै सबैजना जम्मा भएर ४ बजे इलाका प्रहरी कार्यलय भिमगिठेमा खबर गरेका थिए । त्यस कार्यालयका प्रहरी नायव निरीक्षक भोजबहादुर बाँनियाले यस्तो घटना घटेको जानकारी दिए ।

बुर्तिबाङ ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली आएर मुचुल्का उठाई शवलाई पोस्ट्मार्टमका लागि बुर्तीबाङ स्वाथ्य केन्द्रमा केन्द्र लगिएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए।

उनले सुसाइट नोटमा आफू आफ्नो स्वेच्छाले मर्न चाहेको बताउदै श्रीमानलाई अर्को विवाह गर्न अनुरोध गर्दै आफ्नी बिवाहित छोरीलाई पनि आफू रहुन्जेल श्रीमानले बिवाह नगरेको भन्दै आफू मरेपनि बुबालाई अर्को विवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छन् ।

उनीहरुको एक छोरी मात्र रहेको र उनको केही समय पहिले गुल्मीमा बिहे भैसकेको थियो । गीताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटक पटक अर्को बिवाह गर्न अनुरोध गरे पनि श्रीमानले अर्को बिवाह गर्न आवश्यक नरहेको भन्दै बिवाह गरेका थिएनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?