ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

सारांश

  • अस्बिन खडका, १४ वैशाख – खेल क्षेत्र उत्थानमा लागेका हालै दिवंगत भएका त्रियुगा नगर कार्यपालिकाका सदस्य ज्ञानेन्द्र वान्तवाको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता शुरु हुँदैछ ।
  • उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित कर्बडहलमा बान्तवाको स्मृतिमा प्रदेश नम्बर १ स्तरीय छैटौ पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागिएको हो ।
  • वैशाख १५ र १५ अर्थात आज र भोलि हुने खेलको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले उदघाटन गर्दैछन् ।

अस्बिन खडका, १४ वैशाख – खेल क्षेत्र उत्थानमा लागेका हालै दिवंगत भएका त्रियुगा नगर कार्यपालिकाका सदस्य ज्ञानेन्द्र वान्तवाको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता शुरु हुँदैछ ।

उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित कर्बडहलमा बान्तवाको स्मृतिमा प्रदेश नम्बर १ स्तरीय छैटौ पूर्वाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्न लागिएको हो । वैशाख १५ र १५ अर्थात आज र भोलि हुने खेलको उदयपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले उदघाटन गर्दैछन् ।
कार्यक्रम रहेको बताए ।

ब्याडमिन्टन प्रतियोगितका लागि प्रदेशभरिबाट १ सय ४० जना खेलाडीले भाग लिने ब्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले जानकारी दिए ।

खेलमा पुरुष सिंगल तथा पुरुष डबलमा प्रथम हुनेलाई नगद २५ हजार रुपियाँ पुरस्कार छ । साथै भेट्रान्स तर्फ पुरुष प्रथम हुनेलाई नगद २० हजार, त्यसैगरी महिलातर्फ नगद ८ हजार रुपियाँ पुरस्कार, मेडल र ट्रफ्रीबाट पुरस्कृत गरिने खेल संयोजक दिपक राईले बताए ।

खेल संयोजक राईका अनुसार त्रियुगा नगरपालिकाको प्रायोजन र उदयपुर सिमेन्ट उद्योगको सह-प्रायोजनमा हुन लागेको कार्यक्रमको मिडिया सहयोगी शिखरन्युज डटकम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?