सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
२८ पटक हेरिएको
Shares
सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको बालुवाटारस्थित ललितानिवासको जग्गा घोटाला प्रकरणमा सरकारका बहालवाला सचिव पक्राउ परेका छन् ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बहालवाला सचिव कृष्णबहादुर राउतलाई आज पक्राउ गरेको हो ।

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवासको जग्गा घोटाला प्रकरणमा सरकारका बहालवाला सचिव पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बहालवाला सचिव कृष्णबहादुर राउतलाई आज पक्राउ गरेको हो ।

राउत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवका रुपमा काम गर्दै आएका थिए ।

राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

२०६६/०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पुर्‍याइएको थियो ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
जन्मउत्सबको अवसरमा युवसंघका नेताले गरे बृद्दाश्रम र अनाथालयमा सहयोग !
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित
एमालेको लालकिल्ला भत्काउदै काङ्ग्रेसले निकाल्यो शानदार जित
नेप्से आज ३५ अङ्कले घट्यो
नेप्से आज ३५ अङ्कले घट्यो
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
संसदीय समितिको बैठकमा स्वागत र परिचय
संसदीय समितिको बैठकमा स्वागत र परिचय
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
प्रेस युनियनको स्थापना दिवस मनाइँदै
प्रेस युनियनको स्थापना दिवस मनाइँदै
बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर
बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;

तपाईंले छुटाउनुभयो कि?