दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने

सारांश

  • काठमाडौं, २६ चैत ।
  • चर्चित कलाकार एवम् फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँगको सहकार्यमा ‘छ माया छपक्कै’ नामक नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् ।
  • सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हाे।

काठमाडौं, २६ चैत । चर्चित कलाकार एवम् फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँगको सहकार्यमा ‘छ माया छपक्कै’ नामक नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको यो युनिटले मंगलवार फेसबुक मार्फत् नाम सार्वजनिक गरेको हाे।

‘घामपानी’ र ‘गोपी’ निर्देशन गरेका दीपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्नेछन् । फिल्म कमेडी लभस्टोरी जनरामा निर्माण हुने बताएका छन् । फिल्ममा सामाजिक विषयलाई पनि उठाइएको उनले जानकारी दिए । २२ बैशाखबाट छायांकनमा जाने तयारी भइरहेको फिल्म दशैंमा प्रदर्शनमा आउनेछ । फिल्मलाई हरी हुमागाइँले खिच्नेछन् ।

फिल्ममा दीपक र केदार घिमिरे बाहेक अन्य कलाकार छनौट हुन बाँकी रहेको छ । फिल्ममा दीपक शर्माको संगीत रहनेछ । फिल्मको कथा, पटकथा तथा संवाद कलाकार दीपकराजकै रहनेछ । हाल उनी फिल्मको फाइनल स्क्रिप्टमा काम गरिरहेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?