दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?

सारांश

  • बीबीसी।
  • भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ।
  • उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो।

बीबीसी। भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ।

उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो।

लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए। आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भया नामले चिनाइएकी पीडित महिलाका आमाबुवाले थोरै सन्तोषको सास फेरेको सङ्केत दिएका छन्।

उनकी आमाले सबै सहयोगीलाई धन्यवाद दिएकी छन्। “म न्यायपालिका, सञ्चारमाध्यम, राष्ट्रपति र अरू सबैलाई धन्यवाद दिन चाहन्छु। सातवर्षदेखिको सङ्घर्षले बल्ल परिणाम दिएको छ। निर्भयालाई न्याय मिल्यो।”

उनका पिताले पछिल्लो सजायले सबै भारतीय महिला सुरक्षित हुने वातावरण बनाउने आशा व्यक्त गरे। मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन्।

दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए।२३ वर्षीया निर्भया नाम दिइएकी ती महिलामाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनहरू चर्किएका थिए।

त्यसक्रममा धेरै महिलाहरूले समाजमा व्याप्त यौन दुर्व्यवहार र हिँसाविरुद्ध आक्रोश पोखेका थिए। त्यसपछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन कडा तुल्याउँदै सजाय पनि बढाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?