शाहरुख खान र सलमान खानलाई यस्ताे भने अामिर खानले

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
शाहरुख खान र सलमान खानलाई यस्ताे भने अामिर खानले

सारांश

  • बलिउडका मुख्य अभिनेता मध्येका एक आमिर खान आफ्नो चलचित्र ‘ठग्स अफ हिन्दूस्तान’ का कारण चर्चामा छन् ।
  • चलचित्रमा फिरंगी ठग को भूमिकामा उनी देखीनेछन् ।
  • यस्तैमा बलिउडका किंग शाहरुख खानको चलचित्र ‘जीरो’ को ट्रेलर पनि रिलीज भएको छ।

बलिउडका मुख्य अभिनेता मध्येका एक आमिर खान आफ्नो चलचित्र ‘ठग्स अफ हिन्दूस्तान’ का कारण चर्चामा छन् । चलचित्रमा फिरंगी ठग को भूमिकामा उनी देखीनेछन् । यस्तैमा बलिउडका किंग शाहरुख खानको चलचित्र ‘जीरो’ को ट्रेलर पनि रिलीज भएको छ। उक्त ट्रेलरलाई पनि दर्शकले मन पराएका छन् ।

यसैबीच आमिर खानले शाहरुख खान र दंबग खान अर्थात सलमान खानलाई लिएर एउटा टिप्पणी गरेका छन् जसको चर्चा अहिले भइरहेको छ । आमिर खान अहिले ठग्स अफ हिन्दूस्तानको प्रमोशनमा छन् । सञ्चारमाध्यमहरुमा कुराकानी गर्ने क्रममा आमिरले सलमान खान र शाहरुख खानका विषयमा ठूलो टिप्पणी गरेका हुन् ।

आमिरले भनेका छन् कि उनले शाहरुख र सलमानलाई कहिल्यै आफ्नो प्रतिस्पर्धी मानेनन् ।उनले अगाडि भने, ‘यदी मैले शाहरुखलाई प्रतिस्पर्धी ठान्ने भए अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकका लागि मैले शाहरुख खानको नाम दिने थिएन, किनभने मलाई थाहा छ कि शाहरुख राकेश शर्माको भूमिकालाई राम्रोसँग निभाउन सक्नेछन् ।’ ‘मैले जब राकेश शर्माको बायोपिकको कहानी सुने मलाई एकदमै राम्रो लाग्यो र मैले त्यतीबेला नै शाहरुखलाई फोन गरेर तपाईले पनि एकपटक कहानी सुन्न आवश्यक छ भनेको थिए । मलाई खुशी लागिरहेको छ कि शाहरुखले कहानी सुनेर र राजी पनि भए।’

यसका साथै आमिर खानले बलिउडका किंग खान र दबंग खानको पनि जमेर तारीफ गरे । उनी यी दुवैजनालाई ठूला स्टार मान्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ: पूर्व अर्थमन्त्री महत
बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ: पूर्व अर्थमन्त्री महत
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
दसैं सुरक्षाका लागि प्रहरीको २४सै घण्टा २७ वटा क्विक रेस्पोन्स टिम परिचालन
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित
सत्तारुढ दलमा खटपटको आशंका, मन्त्रिपरिषद् बैठक स्थगित
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
मध्यभोटेकोशी जलविद्युतले एक अर्ब ४४ करोडको शेयर आइपिओ बिक्री गर्ने
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?
भाइरल बन्दै साम्राज्ञीको तस्बिर, किन बन्दैछ ट्रोल ?
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
सहकारी ऐन कार्यसूचीबाट हटाइएकोमा आपत्ति
सहकारी ऐन कार्यसूचीबाट हटाइएकोमा आपत्ति