पुटिन रातो गुलाफको गुच्छा लिएर पुगे समाधिस्थल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पुटिन रातो गुलाफको गुच्छा लिएर पुगे समाधिस्थल

सारांश

  • रुसको मदर मदरल्यान्ड स्मारकमा सामूहिक चिहान छ जहाँ दोस्रो विश्वयुद्धमा नाजी सैनिकहरुद्धारा मारिएकाहरुको समाधी गरिएको छ ।
  • यसपटक रुसी राष्ट्रपति पुटिन पिस्कारेभको स्मारक समाधिस्थलमा रातो गुलाफको गुच्छा लिएर पुगे ।
  • पिस्कारेभको चिहानमा पुटिनका दाजु पनि गाडिएका छन् ।

रुसको मदर मदरल्यान्ड स्मारकमा सामूहिक चिहान छ जहाँ दोस्रो विश्वयुद्धमा नाजी सैनिकहरुद्धारा मारिएकाहरुको समाधी गरिएको छ । यसपटक रुसी राष्ट्रपति पुटिन पिस्कारेभको स्मारक समाधिस्थलमा रातो गुलाफको गुच्छा लिएर पुगे ।

पिस्कारेभको चिहानमा पुटिनका दाजु पनि गाडिएका छन् । सन् १९४२ मा नाजी सैनिकले सेन्ट पिटसवर्गमा आक्रमण गर्दाताका उनका दाजु पनि रोगले थलिएर मृत्युवरण गर्न पुगेका थिए । सानै उमेरका उनका दाजु भिक्टोरको मृत्युपछि त्यही चिहानमा गाडिए जुन अहिले समाधिस्थल स्मारक बनाइएको छ ।

पुटिन रातो गुलाफको गुच्छा लिएर स्मारकमा चढाउन पुग्दा निकै भावुक देखिएका थिए । दोस्रो विश्वयुद्धताका हिटलरको सेनासँग लडेकार सहादत पाएका र रोगले थलिएर ज्यान गुमाएकाहरुको समाधिस्थलमो पुटिन पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?