दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन् : दिनानाथ शर्मा

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाईदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन्।

काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाईदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन्।’

साक्षात्कारमा बोल्दै उनले भने,‘युएनडिपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आँफ्नै पैसाले खाएरपनि प्रशिक्षण लिन सक्छौं।’

सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने,‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रिय हेडक्वार्टरमा पुगोस्।’

नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्ति समेत जनाए । उनले भने,‘व्यक्ति÷व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन्।’ सांसदलाई अब कसैलेपनि ‘डिक्ेटट’ गर्न नपर्ने शर्माको जिकिर छ ।

उनले भने,‘हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान–प्रदान गर्नुपर्छ।’ दातृ निकायको सहयोग प्रायोजित रुपमा नभईकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाई छ ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ ।

चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ । उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु।’

नेता शर्माले संविधानको परिधिभित्रै रहेर फरक–फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएकोले अहिले ती दुई पार्टीबीच एकता भैसकेको बताउँदै भने,‘उहाँहरु निर्वाचित भएसँगै स्वतन्त्र हुनुभएको छ, दलको सदस्यबाट राजिनामा समेत दिसक्नुभएको छ, त्यसैले उहाँले अब छोड्नुपर्छ भन्ने लाग्दैन, राजिनामा दिँदा पनि संवैधानिक प्रश्न उठ्छ, प्रतिपक्षी दलले आफूले उक्त पद पाउनुपर्छ भनेर राजिनामाको कुरा उठाउने र छलफलको विषय बनाउने काम गरेको छ, यसमा दुवै पक्ष बसेर निकास निकाल्नुपर्छ।’

सरकारको प्रस्तुतिबाट अहिलेनै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो । उनले भने,‘अहिले सरकारको काम देखेर निराश भैहाल्नुपर्ने अवस्था छैन, आजको भोलि नै परिणाम आउँदैन, परिणामको लागि केही समय धैर्य गर्नुपर्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1XBET Azerbaycan İdman üzrə onlayn mərclər ᐉ Bukmeker şirkəti 1xBet giriş ᐉ aze 1xbet.co
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति गठन
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
माओवादीका समानुपातिक उम्मेदवार कांग्रेसमा
माओवादीका समानुपातिक उम्मेदवार कांग्रेसमा
कहिले हुन्छ बेपत्ता भएकाहरुकाे ‘श्वास\लाश’ सार्वजनिक ?
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन्
महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश ले गरे गोलको वर्षा
महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश ले गरे गोलको वर्षा
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु
धनुषामा बम विष्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?