दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो

सारांश

  • रुकुम, २५ माघ,ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ ।
  • बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको छ ।
  • बुधबार दिउँसो काठमाडौँबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङपछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटे पनि जहाज दुर्घटनाबाट बचेको थियो ।

रुकुम, २५ माघ,ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ ।

बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको छ ।

बुधबार दिउँसो काठमाडौँबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङपछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटे पनि जहाज दुर्घटनाबाट बचेको थियो । यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको सुरक्षाकर्मीले बताएका छन् । बुधबार काठमाडौँबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको जहाज सल्ले एयरपोर्टमा मध्याह्नको १२ बजेर १० मिनेटमा अवतरण भएको थियो । हाइड्रोलिक पाइप फुटे पनि अन्य क्षति भने नभएको बताइएको छ ।

नाइन एनएबिटी नम्बरको जहाज काठमाडौँ–रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्ने कार्यतालिका थियो । जहाज बिग्रिएपछि नेपालगञ्ज जान टिकट लिएर तयार भएका यात्रु एयरपोर्टबाट घर फिर्ता भएका थिए । रुकुम सल्ले विमानस्थलमा नेपाल वायु सेवाको मात्र उडान हुँदै आएको छ ।
––– लोकेन्द्र खनाल
कमला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ
केपी ओलीको पत्रकार सम्मेलनको पूर्णपाठ
एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर
एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो ः मुख्यमन्त्री भट्ट
भारतीय गायकको प्रेममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ
भारतीय गायकको प्रेममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ
मेलम्ची पहिरामा हराएका आठ शव फेला : सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान
धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

तपाईंले छुटाउनुभयो कि?