मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३१, २०७४
|
|
४७ पटक हेरिएको
Shares
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!

सारांश

  • केही समय चलचित्र निर्माणबाट टाढा रहेका चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फेरि चलचि बनाउने भएका छन् ।
  • ‘फिलिम, तँ त साह्रै विग्रिस नी बद्री, जे भो राम्रै भो’ लगायतका चलचित्र बनाएपछि मह जोडी चलचित्र निर्माण भन्दा केही पर थिए ।
  • अब, भने चलचित्र क्षेत्रको अवस्था परिवर्तन भएको र हलहरुको अवस्था पनि फेरिएको भन्दै मह संचारले चलचित्र निर्माण गर्न लागेको हो ।

केही समय चलचित्र निर्माणबाट टाढा रहेका चर्चित हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फेरि चलचि बनाउने भएका छन् । ‘फिलिम, तँ त साह्रै विग्रिस नी बद्री, जे भो राम्रै भो’ लगायतका चलचित्र बनाएपछि मह जोडी चलचित्र निर्माण भन्दा केही पर थिए ।

अब, भने चलचित्र क्षेत्रको अवस्था परिवर्तन भएको र हलहरुको अवस्था पनि फेरिएको भन्दै मह संचारले चलचित्र निर्माण गर्न लागेको हो । निर्माण हुन लागेको चलचित्रको नाम ‘सत्रु गते’ राखिएको छ ।

काठमाण्डौमा आयोजित घोषणा कार्यक्रममा तराइ, हिमाल र पहाडको कथा जोड्ने कथामा यो चलचित्र बन्ने कलाकार तथा निर्माता हरिवंश आचार्यले बताए । उनले नयाँ पुस्ताका कलाकारहरुसँग आफूहरुले सहकार्य गर्न लागेको भन्दै एउटा उत्कृष्ट चलचित्र बनाउने बताए ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, बसुन्धरा भुषाल, किरण केसी, राजाराम पौड्याल, अञ्जु महर्जन, राजु भुजु, रवि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसकारको अभिनय रहनेछ ।

चलचित्रलाइ ‘जात्रा’का निर्देशक प्रदिप भट्टराइले निर्देशन गर्दैछन् । उनले चलचित्रको नाम सुन्दा केही फरक लागेपनि कथावस्तु अनुसार मिल्ने बताए । साथै, उनले शब्दकोषमै नभएको नाम राखिएको समेत तर्क गरे ।

चलचित्रमा राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन, हरिवंश आचार्य र प्रदिप भट्टराइको पटकथा, हरिवंश आचार्यको कथा रहनेछ ।

रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल चलचित्रका निर्माता हुन् । किरण केसीको प्रस्तुतीमा यो चलचित्र बन्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुटेकाे दुई महिनामै राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने संकेत
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
प्रधानमन्त्री अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अनुपस्थित
हेर्नुहोस् कास्कीको पछिल्लो अपडेट
हेर्नुहोस् कास्कीको पछिल्लो अपडेट
शंकरपुर तालमा चराका हुल, बन्दै पर्यटकीय गन्तव्य
शंकरपुर तालमा चराका हुल, बन्दै पर्यटकीय गन्तव्य
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
आशिष, पवित्रा र नितुले ल्याए तिहार गीत ‘झिलीमिली’
१० करोड लगानीमा पोखराको लेखनाथमा सप्तगण्डकी आरएमसी सञ्चालनमा
१० करोड लगानीमा पोखराको लेखनाथमा सप्तगण्डकी आरएमसी सञ्चालनमा
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह
कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न मनाही
कर्जा असुली सूचना निकाल्दा फोटो छाप्न मनाही