दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
४५ पटक हेरिएको
Shares
दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

सारांश

  • काठमाडौं ।
  • चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
  • नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ ।

गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव तीन प्रतिशतले घटेर ७४ हजार चार सय ५५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८ दशमलव तीन प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
बालुवाटार व्यक्तिको नाममा बनाउने मालपोत कर्मचारीको भागाभाग
बालुवाटार व्यक्तिको नाममा बनाउने मालपोत कर्मचारीको भागाभाग
चुनावका लागी भन्दै हिल्सा नाका बन्द
चुनावका लागी भन्दै हिल्सा नाका बन्द
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
के यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता
मोदी आउँदा प्रहरीको निशानामा नेकपा र राष्ट्रवादी मोर्चाका कार्यकता
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
गोविन्दालाई लागेको छ मानसिक रोग, पागलपनमै दिएका थिए अवतारको गफ
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन