चुनावका लागी भन्दै हिल्सा नाका बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
चुनावका लागी भन्दै हिल्सा नाका बन्द

सारांश

  • हुम्ला ८ मंसिर  सुरक्षा लाइ मध्यनजर गर्दै  हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।
  • बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।
  • नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।

हुम्ला ८ मंसिर  सुरक्षा लाइ मध्यनजर गर्दै  हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।

बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसहित पुगिसकेकोले निर्वाचन मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताए ।

हुम्लामा  म्यादी प्रहरी नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

हुम्ला जिल्लाको सुरक्षा संयन्त्र कडा बनाइएको र निर्वाचनमा मतदाताले ढुक्कसँग मतदान स्थलमा आएर मतदान गर्न सक्ने प्रजिअ बाँस्कोटाले बताए ।

जिल्लाका १५ वटा मतदान स्थल अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?