दुई मोटरसाइकल ठोकिंदा १ जनाको मुत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • मोरङ २२ साउन, मोरङको सुनवर्षी नगरपालिका-६ झप्पडतालमा हिजो बेलुकी २ वटा मोटरसाइकल आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा १ जना भने गम्भीर घाइते भएका छन् ।
  • मृत्यु हुनेमा ६६९४ नम्बरको मोटरसाइकलका चालक मोरङकै रतुवामाइ नगरपालिका-२ का ५५ वर्षिय जगदिश साह रहेका छन् ।

मोरङ २२ साउन, मोरङको सुनवर्षी नगरपालिका-६ झप्पडतालमा हिजो बेलुकी २ वटा मोटरसाइकल आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १ जना भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ६६९४ नम्बरको मोटरसाइकलका चालक मोरङकै रतुवामाइ नगरपालिका-२ का ५५ वर्षिय जगदिश साह रहेका छन् ।

हिजो बेलुकी ७ बजे मे ६ प ६६९४ र मे ३ प ९३१० नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । घाइते भएका साहको उपचारको क्रममा सिद्धार्थ अस्पताल रंगेलीमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते अर्का मोटरसाइकलका चालक सुनवर्षी नगरपालिका-६ का रुपनारायण ताजपुरीयाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी रंगेलीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?