गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ ।
  • उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो ।

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो । पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरि २ दिनसम्म चलेको थियो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल प्रतियोगिताको प्रमुख अतिथि रहेका थिए । साथै उक्त प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत सञ्चालन भएको थियो ।

प्रतियोगिताको महिला तर्फको फाईनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई ४–० गोल अन्तरले विजेता बन्न सफल भएको थियो । त्यसैगरी पुरुष समूह तर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले प्रतियोगिताको विजेता बनेको थियो । प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी विनिता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाईनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पूरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सुजन के.सि.ले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए ।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल, महासचिव कृष्ण प्रसाद खराल, सहकोषाध्यक्ष रमेश खतिवडा, नेपाल राष्ट्र बैंक, पोखराका उपनिर्देशकहरु सम्झना ढकाल, नवीना ढकाल, पुष्कर सुर्खाली, सुदीप त्रिपाठी तथा गभर्नरको कार्यालयका उपनिर्देशक इन्द्रत्रिविक्रम पहारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका उपसंयोजक सूर्यप्रसाद तिवारी, डेपलपमेण्ट बैंकर्स एसोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर के.सी.को उपस्थिति रहेको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणबाट विश्वभरमा १ लाख २६ हजार ६०० को मृत्यु
कोरोना संक्रमणबाट विश्वभरमा १ लाख २६ हजार ६०० को मृत्यु
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
रजत पदक विजेता एक थाइ खेलाडी दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
भारत भ्रमणमा प्रधानमन्त्रीले थोरै विषयमा धेरै उपलब्धि हुनेगरि कुरा गर्नुहुन्छ : डा. भट्टराई
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट
हङकङलाई हराउँदै नेपाल यू-१९ एसिया कप क्रिकेटका लागि छनोट
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण
राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै अघि सार्नुका ३ कारण
एक क्लिकमै थाहा पाउनुस देश विदेशमा खास खास खबर
एक क्लिकमै थाहा पाउनुस देश विदेशमा खास खास खबर
एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल
एकतामा ढिलाइ गर्नै हुन्न : अध्यक्ष दाहाल
Trump to travel to Singapore directly from Canada for meeting with Kim: White House
Trump to travel to Singapore directly from Canada for meeting with Kim: White House