विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
७४ पटक हेरिएको
Shares
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का

सारांश

  • वैशाख २६, काठमाण्डौ ।
  • भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् ।
  • मोदीको भ्रमणलाई लिएर यतिबेला विभिन्न टिका टिप्पणी भइरहेको छ ।

वैशाख २६, काठमाण्डौ । भारतीय प्रधानमन्त्री मोदी २८ वैशाखमा नेपालको राजकीय भ्रमणमा आउँदैछन् । मोदीको भ्रमणलाई लिएर यतिबेला विभिन्न टिका टिप्पणी भइरहेको छ ।

नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले मोदीको नेपाल भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध कसरी सुधार्ने भन्नेमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

मोदीलाई जनकपुर र काठमाण्डौमा गर्न लागिएको नागरिक अभिनन्दनको नागरिक समाज लगायतले विरोध गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता खड्काले राजनीतिक रङले पोतिएका नागरिक समाजका अगुवाहरुले अभिनन्दनको विरोध गरेकोप्रति केही भन्न नचाहेको बताए ।

“सम्बन्धलाई मोदीजीले नयाँ ढंगबाट लाने प्रयासमा हुनुहुन्छ । मोदीजी एकदमै अनौपचारिक र व्यक्तिगत सम्बन्ध सुधारेर कुटनीतिक सम्बन्ध जोड्न चाहेको देखिन्छ ।” खड्काले भने ।

पाकिस्तान र चिनसँगसमेत सम्बन्ध सुधारका लागि प्रयास गरिरहेका मोदीले नेपालसँगको सम्बन्ध पनि अझै मजबुत बनाउने पक्षमा रहेको आफूले पाएको खड्काले बताए ।

“पटकपटक केपी ओलीलाई टेलिफोन गर्ने, विदेशमन्त्री सुश्मा स्वराजलाई नेपाल पठाउने र ओलीलाई भारत बोलाउने, अनि आफू नेपाल आउने, यि सबै घटनाक्रम हेर्दा मोदीले नेपालसँगको सम्बन्ध सुधार गर्न चाहेको पुष्टी हुन्छ ।”

उनले भने, “नेपालमा अहिले बनेको नयाँ सरकारसँग सम्बन्ध सुधार गर्ने मोदीजीको चाहना छ, खासगरी अहिलेको सरकारको नेतृत्व गरेका केपी ओलीजीसँग सम्बन्ध सुधार गर्ने उहाँको चाहना हो ।”

भारतले नाकाबन्दीको विरोध गरेर ओलीले राष्टवादीको छवि बनाएको उनको भनाई थियो । विगतमा नेपाल भारत द्धिपक्षीय सम्बन्ध रहेका तिक्तताहरु मेट्ने प्रयासस्वरुप भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लागेको उनको तर्क छ ।

उनले थपे, “हाम्रो प्रधानमन्त्री ओलीजी अस्ति भर्खरै भारत जानुभएको हो, अहिले मोदी तुरुन्त आउँदैमा नयाँ सम्झौता त केही गर्नुपर्ने थिएन, तथापि मोदीजीले म आउँछु भनिहाँले भनेर भन्नुभएको छ, उहाँ राम्रो जेष्चर देखाएर फर्किनुहुनेछ ।”

मोदीको नेपाल भ्रमणसँगै आगामी दिनमा नेपाल भारत दुई देशबीचको सम्बन्ध झनै उचाईमा पुग्ने नेता खड्काको विश्वास छ । विगतका तिक्ततालाई उचालेर सम्बन्ध विस्तारमा बाधा पुर्याउन नहुने उनको तर्क छ ।

मोदीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच महत्वपूर्ण कुनै सम्झौता नहुने देखिएको छ । स्रोतका अनुसार कृषि अनुसन्धानसम्वन्धी साझेदारी हुनेछ भने अरुण तेस्रो काठमाडौंबाटै स्वीच थिचेर शिलान्यास गर्ने कार्यक्रम छ ।

(https://www.disabilityhelpcenter.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?