खुट्टामा भ्वाङ परेको देखेर बेहोस भएकी थिइन ‘
सारांश
- काठमाडौं,११ कात्तिक ।
- हुम्लाकी एक बालिका बारीमा क्राँक्रो खान जाँदा गोली लागेको छ ।
- अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया रमिला बुमीको गत असोजमा आफ्नै कोदोबारीमा काँक्रो खान जाँदा गोली लागेको हो ।
काठमाडौं,११ कात्तिक । हुम्लाकी एक बालिका बारीमा क्राँक्रो खान जाँदा गोली लागेको छ । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया रमिला बुमीको गत असोजमा आफ्नै कोदोबारीमा काँक्रो खान जाँदा गोली लागेको हो । दिदीसँगै बारीमा काँक्रो लिन जाँदा छिमेकीले स्याल फसाउन थापेको बन्दुक पड्केर गोली लागेको थियो । उनको दाहिने घुँडामुनि तिघ्रामा लागेर हड्डी र नसा चुँडालिएको हो ।
ब्वाङ्ग आवाज आउने बित्तकै उनी ढलेकी थिइन । उठ्न खोज्दा खुट्टामा भ्वाङ परेको देखेर बेहोस भएकी थिइन । छिमेकीको लार्पवाहीले गर्दा बारीमा काँक्रो खान गएकी बालिकाले खुट्टा गुमाउनु परेको छ । उनका मामाले उपचारका लागि ३ लाख ५० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत लगेका थिए । सुर्खेतमा उपचार हुननसकेपछि भारतको लखनउ लगिएको थियो । तर, बिडम्ना गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको थियो । उनको शल्यक्रिया गरेर खुट्टा फाल्नुपर्यो । उपचारमा ७ लाख रुपियाँभन्दा धेरै खर्च भैसक्यो तर उनी सधैंका लागि आपांगता हुनुपरेको छ ।
लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइहेको छ । छिमेकीका कारण उनले खुट्टा गुमाउनुपरेको छ । धराप थाप्ने छिमेकी विरुद्ध उजुरी समेत दिइएको उनका बुबा जनकले बताएका छन् ।
खाजाको खर्च जोगाएर मेसिन किनियो
औषधालयमा हुने वैठकको खाजा खर्च जोगाएर मेसिन किनिएको छ । कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालय व्यवस्थापन समितिले उदाहरणीय काम गरी मेसिन किनेका हुन् ।
व्यवस्थापन समितिका पदाधिकारीले बैठकमा खाजाका लागि दिने भत्ता जम्मा पारेर औषधालयमा चाहिने मेसिन किनेका हुन् ।
भत्तामा आउने २० हजार रुपैयाँपर्ने अक्सिजन ब्लड सर्कुलेट्री मेशिन र १० हजार रुपैयाँ मूल्य पर्ने इलेक्ट्रिक म्याट खरिद गरिएको हो । नयाँ मेसिनले फिजियोथेरापी गर्नमा सजिलो हुने औषधालयले जनाएको छ ।
प्रतिक्रिया