भारतका नयाँ नोट नेपालमा अवैध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारतका नयाँ नोट नेपालमा अवैध

सारांश

  • बीबीसी।
  • नेपाल सरकारले नेपालमा दुई हजार, पाँच सय र दुई सय रुपैयाँका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ।
  • यी नोट भारतमा २०१६ मा भएको नोटबन्दीपछि ल्याइएको थियो।

बीबीसी। नेपाल सरकारले नेपालमा दुई हजार, पाँच सय र दुई सय रुपैयाँका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ। यी नोट भारतमा २०१६ मा भएको नोटबन्दीपछि ल्याइएको थियो।
८ नोभेम्बर २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० हजारका नाेट बन्द गर्ने घोषणा गरेका थिए। त्यसको करिव दुई वर्षपछि नेपालमा नोटबन्दी पछि ल्याइएका नयाँ नोटलाई गैरकानुनी घोषित गरिएको हो।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुई हजार, पाँच सय र दुई सयका भारतीय नोट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री गोकुल बास्कोटाले सोको जानकारी दिएका हुन्। ‘दुई हजार, पाँच सय र दुई सयका भारतीय नोट राख्नु, पैसा दिएर सामान किन्नु र भारतबाट त्यस्ता नोट नेपाल ल्याउनु गैरकानुनी हो, उनले भने। भारतीय मुद्रा नेपालमा सजिलैसँग चल्ने गरेका थिए। नेपालमा अहिले पनि धेरै मानिससँग पुराना भारतीय रुपैयाँ छन्। एक पटक नेपाल राष्ट्र बैंकले आफूसँग करिव आठ करोड भारतीय रुपैयाँ रहेको जनाएको थियो। भारतका पुराना नोट मुद्दामा नेपालमा भारतप्रति आक्रोश थियो।

नेपालका विदेशी मिनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले सेप्टेम्बर २०१८ मा भारतले आफुना पुराना नोट किन नसाटेको भन्दै प्रश्न गरेका थिए। यो प्रश्न भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा आएका बेला गरिएको थियो। त्यतिबेला प्रधानमन्त्री केपी ओलीले पनि मोदी समक्ष यो मुद्दा उठाएका थिए। प्रधानमन्त्री तहको छलफल भएपनि यो विषयमा कुनै प्रगति नभएपछि नेपालमा भारतप्रतिको आक्रोश यथावत थियो। शायद यही कारणले नेपाल सरकारले भारतीय नयाँ नोटलाई अवैध घोषित गर्ने निर्णय लिएको हुन सक्ने बीबीसी हिन्दीले जनाएको छ।
यद्यपी नेपाल सरकारले दुई हजार, पाँच सय र दुई सयका नयाँ नोटबाहेक अन्य नोटका विषयमा भने केही बताएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु
भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा-के पि ओलि
खग्रास चन्द्रग्रहण के हो ?
खग्रास चन्द्रग्रहण के हो ?
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने
हुन्डाई ‘एक्सटर’ सार्वजनिक, बुकिङ खुला हुने
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?