रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
रुपन्देहीका काठ व्यवसायी पौडेलको हत्यामा संलग्न तीनजा पक्राउ

सारांश

  • काठमाडौं, ७ माघ ।
  • रुपन्देहीको देवदहस्थित काठ मील सञ्चालक वसन्त पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए ।

काठमाडौं, ७ माघ । रुपन्देहीको देवदहस्थित काठ मील सञ्चालक वसन्त पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हत्याको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए ।

पाण्डेका अनुसार अनुसन्धानको सिलसिलामा केही मानिसलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका ३ जना बसन्त पौडेलको हत्याको जिम्मा लिएका मनोज पुन समूहका भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

हत्याको मुख्य योजनाकार भनिएका मनोज पुन भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बसन्त पौडेलको गत पुस २१ गते हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?