दुर्घटना बढ्न थालेपछि पाेखरामा प्याराग्लाइडर उडान बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
दुर्घटना बढ्न थालेपछि पाेखरामा प्याराग्लाइडर उडान बन्द

सारांश

  • चिप्लेढुङ्गा।
  • तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ।
  •   विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै मंगलबार अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ।
चिप्लेढुङ्गा। तीन दिनयता पोखरामा प्याराग्लाइडर दुर्घटना बढ्न थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराले एकल उडान बन्द गरेको छ। 
विदेशी पाइलटले एक क्षेत्रको अनुमति लिने र अर्को क्षेत्रमा गएर उडान गर्न थालेपछि दुर्घटना बढेको जनाउँदै मंगलबार अर्को सूचना जारी नहुँदा सम्मका लागि उडान बन्द गरेको कार्यालयले जनाएको छ। यस साता मात्रै लगातार तीन दिन प्याराग्लाइडर दुर्घटनामा परेको छ । दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 
प्राधिकरणका पोखराका प्रमुख भोलाप्रसाद गुरागाईँले पछिल्लो दश दिनमा दुई सयभन्दा बढी सोलो पाइलटले अनुमति लिए पनि हाल सबैको अनुमति रद्द गरिएको बताए। विदेशी नागरिकले गैरव्यावसायिक उडानका लागि १५ दिनको अनुमति पाउँछन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?