सत्ता गठबन्धनको बैठकः मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रीहरुको सपथ आज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठकः मन्त्रालयको भागबण्डा मिल्यो, मन्त्रीहरुको सपथ आज

सारांश

  • काठमाडौं।
  • मन्त्रिमण्डल विस्तार तथा भागबण्डा टुंगो लगाउन बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ।
  • बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

काठमाडौं। मन्त्रिमण्डल विस्तार तथा भागबण्डा टुंगो लगाउन बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ।

बालुवाटारमा बसेको साझेदार दलको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको उनले बताए। उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ।

मन्त्रालयको भागबण्डा सत्ता साझेदारमा सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि एक उप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ। जनमत पार्टीले एक मन्त्री पाउनेछ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको थियो। जनता समाजवादी पार्टीले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ। सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
कालीकोट का शाह बाँके प्रदेशसभाको उम्मेद्वार ।
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
गुण्डामाथि प्रहरीको एक्सनः प्रहरी भन्छ ‘निगरानी गरिरहेका छौँ’
वाग्मती र गण्डकीका प्रदेश सभा सदस्यकाे शपथ आज
वाग्मती र गण्डकीका प्रदेश सभा सदस्यकाे शपथ आज
५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी
५ सय ११ नेपाली युक्रेनको सीमावर्ती देश पुगे, भारतीय विमानबाट नेपाल ल्याउने तयारी
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : अध्यक्ष ओली
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न !
वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न !
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
प्रदेश २ मा कसले पाउला मुख्यमन्त्री बन्ने मौका
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने
मतदाता परिचयपत्र लिन नपाएकाले अन्य सरकारी कागज देखाएर भोट हाल्न पाउने