बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बुद्ध भारतमा जन्मिएको प्रचार गर्ने यी कस्ता नेपाली सांसद, के हुन्छ यिनलाई कारवाही ?

सारांश

  • काठमाडौं, २४ असोज ।
  • प्राचीन बुद्ध नगरी कपिलवस्तुबाटै निर्वाचित एक सांसदले गौतमबुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागिता जनाएका छन् ।
  • अन्तर्राष्ट्रिय समुदायमा बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार गर्दै आइरहेको भारतले अक्टोबर ८ मा सीमावर्ती सिद्धार्थनगर जिल्लाको पाटनमा आयोजित कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाह विशिष्ट अतिथि बनेका थिए ।

काठमाडौं, २४ असोज । प्राचीन बुद्ध नगरी कपिलवस्तुबाटै निर्वाचित एक सांसदले गौतमबुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय समुदायमा बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार गर्दै आइरहेको भारतले अक्टोबर ८ मा सीमावर्ती सिद्धार्थनगर जिल्लाको पाटनमा आयोजित कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद अभिषेकप्रताप शाह विशिष्ट अतिथि बनेका थिए ।

भारतको उत्तर प्रदेश सरकारले बुद्ध भारतको सिद्धार्थनगरमा जन्मिएको भन्दै आक्रामक प्रचार गरिरहेका बेला नेपालकै सांसद अझ त्यसमाथि पनि कपिलवस्तुकै सांसद कार्यक्रममा गएर भारतको दाबीलाई ठीक बनाइरहेको देखिन्छ । उत्तर प्रदेश सरकारद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपा केन्द्रीय सांसद जगदम्बिका पाल तथा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाह विशिष्ट अतिथि बनेका थिए ।

भारतले आयोजित कार्यक्रम स्थलमा विशिष्ट अतिथि भन्दै झुण्डाएको होर्डिङ बोर्ड तथा सांसद शाहले फेसबुकमा कार्यक्रममा सहभागी भएको जानकारी गराउँदै ।

सांसद शाह आफैले उक्त कार्यक्रममा सहभागी भएको तस्वीरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् । भारत बुद्धमा जन्मिएको प्रचारमा नेपाली सांसदको सहभागिताप्रति कपिलवस्तुवासी रुष्ट बनेका छन् । शाहको विवादित हर्कतप्रति कपिलवस्तुवासीले सामाजिक सञ्जालहरुमा आक्रोश पोखेका छन् । “नेपालकै सांसदले बुद्धको जन्मस्थल भारत हो भनेपछि अरु के नै बाँकी रह्यो ? अझ त्यसमाथि पनि कपिलवस्तुकै सांसद”, स्थानीयवासी जनार्दन पाण्डेले भने ।

भारतको उत्तर प्रदेश सरकारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुनेबारे नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा संघीय संसदमा कुनै जानकारी वा अनुमति लिएका छैनन् । नेपालको कुनै पनि सांसद, मन्त्री वा उच्च पदस्थ व्यक्ति भारत वा तेस्रो मुलुकले आयोजना गरेको कार्यक्रम, सभा, गोष्ठीमा जाँदा अनिवार्य रुपमा यसबारे जानकारी गराउनु वा अनुमति लिनुपर्ने प्रावधान छ । तर शाहले कुटनितिक मर्यादाको उलङ्घन गर्दै आफुखुशी भारत सरकारद्धारा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन् ।

भारतले आयोजित कार्यक्रम स्थलमा विशिष्ट अतिथि भन्दै झुण्डाएको होर्डिङ बोर्ड तथा सांसद शाहले फेसबुकमा कार्यक्रममा सहभागी भएको जानकारी गराउँदै ।

“नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन् । सीमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैं कार्यक्रममा जान, कुटनीतिक मर्यादासम्म नजान्ने के को सांसद ?” स्थानीय युवा शिव बन्जाडेले आक्रोश पोखे ।

यता शाहले आफू सिद्धार्थनगर जिल्लाको तुलसीपुर मन्दिर क्षेत्रमा रहेको स्कुलमा मूर्ति अनावरण कार्यक्रममा सहभागी मात्र भएको बताए । “कसले के प्रचार गरेको छ थाहा छैन, मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो । म गएँ, अरु कुरा थाहा छैन” सांसद शाहले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?
नेपालमा चिनियाँ हस्तक्षेप हुँदा नेपालीहरु किन बोल्दैनन् ?
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन
बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
के बैध संस्था भित्र अवैध काम भएकै हो त ? मन्त्रालयले चाल्यो यस्तो कदम !
इपिएल क्रिकेटः पहिलो खेलमा विराटनगर र ललितपुर भिड्ने
इपिएल क्रिकेटः पहिलो खेलमा विराटनगर र ललितपुर भिड्ने
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
आगलागीबाट साढे दुई लाखभन्दा बढीको धनमाल क्षति
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने