निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल
सारांश
- नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणमा दोषी जो सुकै भए पनि कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
- सोमबार प्रहरी मुख्यालको अप्रेसन हलमा आयोजि पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदपयोग गरिरहेको बताए।
- उनले प्रहरीले हत्यार पत्ता लगाउन इमान्दार भएर प्रयन्त अगाडि बढाइरहेको भन्दै दोषी पत्ता लगाइछाड्ने दावी गरे।
नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणमा दोषी जो सुकै भए पनि कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सोमबार प्रहरी मुख्यालको अप्रेसन हलमा आयोजि पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदपयोग गरिरहेको बताए। उनले प्रहरीले हत्यार पत्ता लगाउन इमान्दार भएर प्रयन्त अगाडि बढाइरहेको भन्दै दोषी पत्ता लगाइछाड्ने दावी गरे।
उनले आफूले गाडीको दुरुपयोग नगरेको स्पष्टीकरण समेत दिएका छन्।
‘निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीले ‘इमान्दार प्रयास’ गरिरहेको छ’, उनले भने, ‘प्रतिशतमा देखाउन मिल्ने गरी नभए पनि अनुसन्धान अगाडि बढेको छ, दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्छाैँ।’
महानिरीक्षक खनालले निर्मला हत्याका विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा भएको बताए। ‘ निर्मलाका विषयमा प्रहरीलाई भन्दा धेरै पत्रकारलाई थाहा छ’, उनले भने, ‘यहाँहरू फिल्डमा जानु भएको छ। अनुसन्धानमूलक पत्रकारिता गर्नु भएको छ।’
पत्रकार सम्मेलनमा एआईजीद्वय पुष्कर कार्की र ठूले राई, सिआइबीका प्रमुख डिआईजी निरज शाही, महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीसहितका अधिकारी सहभागी थियो।
(Zolpidem)
प्रतिक्रिया